Bisal Chautari Logo

खोटाङमा विवाहित महिलालाई सामूहिक बलात्कार गर्ने दुई पक्राउ

- २० पुष २०७१, आईतवार १५:१३ मा प्रकाशित


Two arrested a married woman who gang rape in KHOTANG
विशाल चौतारी समाचार
खोटाङ, २०७१, पौष २०, आइतबार । खोटाङमा एक विवाहित महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । स्थानीय २५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा सुङदेल–३ का ४० वर्षीय डिल्लीशेर राई र ३० वर्षीय राजन राई पक्राउ परेका हुन् । Two arrested a married woman who gang rape in KHOTANG
पीडित महिलाले इलाका प्रहरी कार्यालय बाक्सिलामा दिएको उजुरीको आधारमा उनीहरुलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक लालबाबुप्रसाद साहले बताए । साहका अनुसार पक्राउ परेका उनीहरुको साथबाट अश्लिल शब्द बोलिएको अडियो रेकर्डसहित नोकिया मोबाइल बरामद गरिएको छ ।
घरमा सुतिरहेकी महिलालाई कोही नभएको मौकापारी आइतबार राती ११ बजेतिर ढोका फोरी करेसा बारीमा लगेर दुवै जनाले पालैपालो बलात्कार गरेको पीडित महिलाले दिएको उजुरीमा उल्लेख छ । पक्राउ परेका दुवै जनाले मातेको सुरमा आफूहरुले गल्ती गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
बाक्सिला प्रहरीले काठ काट्दै गरेको अवस्थामा जङगलबाट पक्राउ गरेको उनीहरुलाई अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । उनीहरु विरुद्ध जबरजस्ती करणी महल अन्तरगत मुद्धा दर्ता गरेर कारबाही थालिने मुद्धा शाखाका प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवले बताए । समाचार स्रोत : हाम्रो खोटाङ डटकम

प्रतिक्रिया