Bisal Chautari Logo

राजेश पायलले अमेरीकाबाट आएर २५ दिनमा ३५ गीत रेकर्डिङ गरे

- १९ पुष २०७१, शनिबार ०७:५८ मा प्रकाशित


Rajesh Payal has 35 song’s recordings to America, came 25 days
विशाल चौतारी समाचार
तिस्बरहरु : विशाल राई
काठमाडौ, २०७१, पौष १९, शनिबार । नेपाली आधुनिक तथा पाश्र्व गायनका नम्बर एक भर्सस्टाइलिस गायक राजेश पायल राई अमेरीकाबाट ७३ दिनको साङगीतिक कन्र्सट सकेर नेपाल आएको २५ दिनमा ३५ भन्दा बढि गीतहरु रेकर्डिङ गर्न भ्याएका छन् । Rajesh Payal has 35 song's recordings to America, came 25 days (1)
नेपाल आएपछि दुई दिनको रेष्टपछि गायक राजेश पायल राई कलेक्सन एल्बमका गीतहरुदेखी २ महिना अगाडीदेखी पर्खिएको चलचित्रको गीत रेकर्डिङ गर्नमा ब्यास्त भएका थिए । Rajesh Payal has 35 song's recordings to America, came 25 days (2)नेपाल आएपछि दिनमा ४–५ वटा गीत रेकर्डिङ समेत गायक पायलले भ्याएका थिए । गायक राजेश पायल राईले विशाल चौतारीसंग कुराकानि गर्दै भने–‘२–२ महिना कुरेर गीत रेकर्डिङ गराउन कुर्नुहुने सबै चलचित्रकर्मीदेखी कलेक्सन एल्बमहरुप्रति म आभारी छु ।’

गायक राई अमेरीका बाट आएदेखी गीत रेकर्डिङमा हिडिरहेकाले करिव ४ दिन सम्म चिसोका कारण विमारीमा समेत परेका थिए । ४ दिनको रेस्टपछी हिजो शुक्रबारबाट पुन गीत रेकर्डिङमा फर्किएका छन् ।
गायक राजेश पायल राई नया वर्ष २०१५ को उपलक्ष्यमा क्यानडामा भब्य कन्र्सटमा जाने तयारी थियो । तर कारण बस कन्र्सट हुन सकेन । गायक राजेश पायल राईले विशाल चौतारी मार्फत क्यानडाका नेपाली गीत संगीतका दर्शकहरुलाई सम्वोधन गर्दै भने–‘मेरो केही समस्याले म क्यानडा आउन पाइन । म तयाइहरुलाई विस्वास दिलाउन चाहान्छु की, सोही स्थानमा अब फेब्रुअरी १४ तारिकका दिन कन्र्सट हुदैछ । त्यस कन्र्सटमा म अवश्य आउने छु’, गायक राजेश पायलले बताए । गायक राईले थपे, कन्र्सटका आयोजक देसी बजार र रोयल तन्दिुरीलाई भरोसा राख्न आग्रह गरे ।’
गायक राजेश पायल राईको राई भाषामा समावेश १७ भन्दा बढी गीतको एल्बम आउने तयारीमा रहेको छ ।

प्रतिक्रिया