Bisal Chautari Logo

हास्य अभिनेता हरिवंश ५६ औं जन्मदिन मनाउदै

- २७ कार्तिक २०७०, बुधबार १०:३९ मा प्रकाशित


२७ कात्तिक, काठमाडौ । नेपाली हास्य कलाकारिताको मुर्धन्य व्याक्तिको रुपमा परिचित हास्य अभिनेता हरिवंश आचार्यले आज कात्तिक २७ गतेको दिन ५६ औ जन्मदिन मनाएउने भएका छन् । पछिल्लो समयमा साहित्य लेखनमा समेत कलम चलाउने अभिनेता आचार्य ‘चिना हराएको मान्छे’ ६० हजार प्रतिभन्दा बढी बिक्रिका कारणपनि चर्चामा रहेका छन् ।
हास्य कलाकारीताबाट सामाजिक अभियान्तालाई जोड दिने हास्य अभिनेता आचार्यको जन्म वि.सं २०१४ साल कात्तिक २७ गते गौरीधारा, काठमाडौंमा भएको थियो । जन्मदिनको अवसरमा विशेष कार्यक्रम नराखिएपनि रेडियो अडियोले हरिवंशको जन्मदिनको अवसरमा आज साँझ ५ बजे केक काट्ने भएका छन् । जहाँ हरिवंशको उपस्थिती रहने रेडियोले बताएको छ । महजोडिका रुपमा परिचत हरिवंशका जोडि मदनकृष्ण भने यो खुसियालिमा सहभागि हुन नपाउने भएका छन् । उनका जोडी मदनकृष्ण आफ्नी श्रीमतीको उपचारका लागि दिल्लीमा रहेका छन् ।
हास्य अभिनेता आचार्यले ०३१ सालमा रेडियो नेपालमा आफ्नो कला सुनाएर यात्रा थालनी गरेका थिए । यसबीचमा उनले सयौं नाटक, टेलिफिल्म तथा केहि चलचित्रहरुमापनि काम गरिसकेका छन् । अभिनय, लेखन, निर्देशन, निर्माणजस्ता कलाकारिताका विधामा उनी सफल कलाकारको रुपमा मानिन्छन् । ठुलो पर्दामा चलचित्र ‘तँ त साह्र बिग्रिस् नि बद्री, ‘बलिदान’ लगायतमा मुख्य अभिनेताको भूमिका निर्वाह गरेका छन् ।
हास्य अभिनेता आचार्यको व्याक्तिगत जिवनको बारेमा पत्नी मिरा आचार्यको निधन भएपछि रमिला पाठकसँग दोस्रो बिहे गरेका छन् । हास्य कलाकारहरुको किङ हरिवंशलाई विशाल चौतारीको तर्फबाट जन्मदिनको धेरै–धेरै शुभकामना †

प्रतिक्रिया