Bisal Chautari Logo

मोहनको पहिलो गीतको चर्चापछी ‘मेरो मनमा के को हुरी चल्दैछ’ सार्वजनिक (भिडियो सहित)

- १६ पुष २०७१, बुधबार १५:४८ मा प्रकाशित


 Mohan Rai song Mero Man Ma keko huri chaldai chha Release
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, पौष १६, बुधबार । पेषाले युवा विजनेशम्यान मोहन राई पछिल्लो समयमा गायकको रुपमा चर्चा कमाइरहेका छन् । उनको पहिलो गीतको म्युजिक भिडियो ‘यो आखाले ताकेको’ बोलको गीतलाई दर्शक श्रोताहरुले अत्याधिक मनपराए । सामाजिक सञ्जालदेखी विभिन्न टेलिभिजनहरुमा गायक राई यही गीतका कारण चर्चामा रहे । Mohan Rai song Mero Man Ma keko huri chaldai chha Release
Mohan Rai song Mero Man Ma keko huri chaldai chha Release (5)यही दर्शकहरुको चाहनालाई बुझ्दै गायक मोहन राईले आफ्नो दास्रो म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उर्गेन लामाको शब्द, संगीतमा रहेको ‘मेरो मनमा के को हुरी चल्दैछ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भएको गीतको बारेमा बोल्दै गायक मोहन राईले यो गीत मेलोडी लव संङ भएकाले दर्शकहरुले मनपराउनेमा आफु विस्वस्त रहेको बताए ।
सुरज सिंह ठकुरीले निर्देशक गरेको म्युजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेकी मोडल तथा नव अभिनेत्री अकेशा विष्ट र चलचित्र ‘ताण्डव’बाट डेब्यु गरेका अभिनेता एलन गुरुङले मोड्लिङ गरेका छन् । शिवराम श्रेष्ठले खिचेको म्युजिक भिडियोलाई लोकेश बज्राचार्यले एडिट गरेका हुन् ।
सार्वजनिक भएको गीत एल्बम ‘साम्योङ’मा समावेश रहेको छ । ५ गीत समावेश रहेको एल्बमका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रम जारी रहेको छ ।

Music Video for Mero Maan Ma performed by Mohan Rai
Album: Samyog
Music/Lyrics: Urgen Lama
Actor: Akesha bista and ALAN GURUNG
Camera: Shivaram Shrestha
Edit: Lokesh Bajracharya
Direction: Suraj Singh Thakuri

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”7614,7609,7608,7615,7610,7613,7612,7611,7605″]

watch Mohan Rai song Mero Man Ma keko huri chaldai chha 

प्रतिक्रिया