Bisal Chautari Logo

‘अझै पनि’को फष्टलुक पोष्टर र ट्रेलर रिलिज, पुजालाई सौता आइलाग्ने पिर

- १५ पुष २०७१, मंगलवार १८:५३ मा प्रकाशित


AJHAI PANI official trailer and poster release
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, पौष १५, मंगलबार । फागुन १५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रअझै पनिको फष्टलुक पोष्टर र ट्रेलर रिलिज भएको छ । आज राजधानीको बागबजार स्थित सिटिम्याक्स हलमा गरिएको कार्यक्रमका विच चलचित्रको फष्टलुक पोष्टर र ट्रेलर रिलिज गरिएको हो । उक्त कार्यक्रममा बोल्दै चलचित्रकी निर्मात्री पुनम गौतमले चलचित्र अझै पनि अहिलेको समाजलाई सुहाउदो चलचित्र बनेको दाबी गरिन् ।AJHAI PANI official trailer and poster release (4)
AJHAI PANI official trailer and poster release (3)स्वर्गीय आलोक नेम्वाङले निर्देशन गरेको अन्तिम चलचित्र भएका कारण पनि दर्शकका लागी अझै पनि विषेश चलचित्र बन्दै गरेको बताउदै पुनमले अहिलेको अबस्था अझै पनि चलचित्र सुहाउदो बनेको बताइन । अहिलेको आधुनिक युगमा नेपाली महिलाहरुले सिन्दर पोते लगाउन विर्सिसकेको बताउदैं निर्मात्री गौतमले एउटी महिलाको लागी बिबाह भएपनि सिन्दुर पोतेको महत्व कस्तो हुन्छ भन्ने पनि चलचित्र अझै पनिले देखाउने बताइन् । गहभरी आासु पार्दै निर्मात्री गौतमले भनिन् आलोक दाईले चलचित्रलाई अहिलेको आधुनिक परिबेशमापनि सुहाउदो रंग भरेर चलचित्र निर्देशन गर्नु भएको छ । त्यसैले एकपटक चलचित्र सबै दर्शकहरुले हेरिदिन आग्रह छ ’,गौतमले आग्रह गरेकी थिइन ।

(click more : सुदर्शनले पुजालाई चुम्बन गर्दा गहभरि आसु किन ? (फोटो फिचर सहित) 

Sudarshan Thapa and Puza Sharmaत्यस्तै चलचित्रका अभिनेता तथा निर्माता सुदर्शन थापाले चलचित्र अझै पनि आमदर्शकको लागी बहुप्रतिक्षित चलचित्र रहेको बताए । कार्यक्रममा सम्बोधन गर्न स्टेज उक्लादैगर्दा उनले कार्यक्रममा अर्को रौनकता पनि थपेका थिए । उनले चलचित्रको एक दृश्यमा बोलेको सम्बाद कार्यक्रममा बोल्दै चलचित्रमा आफ्नो प्रेमिकाको रुपमा देखिएकी पुजाशर्मालाई स्टेजमासमेत बोलाएका थिए । उनले स्टेजमापुजालाई बोलाएर आई लबयू समेत भन्न भ्याए । त्यति मात्र होइन सुदर्शनले आई लब यू भन्दै चलचित्रको एक दृश्यमा गरे झै गरेको अभिनय प्रस्तुतगर्दा उनले पुजाको हात समेत चुम्नभ्याए ।
जब सुदर्शनले उक्त अभिनय कार्यक्रमको स्टेजमा पनि प्रस्तुत गरे तब उक्त कार्यक्रममा सहभागी सबैले ताली बजाउदै साथ दिएका थिए । सोहि क्रममा चलचित्रका निर्माताएवं कलाकार सुदर्शन थापाले चलचित्र अझै पनिसाग एक चलचित्र एकसाथ प्रदर्शनमा आउन लागेको आफैंमा दुखलाग्दो कुरा भएका भन्दै स्वर्गीय आलोक नेम्वाङको अन्तिम चलचित्र भएका कारण पनि यस चलचित्रसाग अरु चलचित्र प्रदर्शन नगर्न पनि निर्माता तथा कलाकार थापाले आग्रह गरे ।
त्यस्तै चलचित्रलाई शुभकामना मन्तब्य दिदैं चलचित्र विकाश बोर्डका सदस्य सुरेशदर्पण पोखरेल, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्माता प्रदिप उदय लगायत व्यक्तिहरुले चलचित्र अझै पनि सबैका लागी विषेश चलचित्र रहेको बताउदै सिनेमालाई बधाई दिए । स्वर्गीय आलोक नेम्वाङको अन्तिम चलचित्र भएका कारणपनि यस चलचित्रलाई सबैले एक पटक हेर्नु पर्ने तर्क राखेका थिए ।AJHAI PANI official trailer and poster release (2)
काठमाडौं भित्र दर्शना आर्टस्ले वितरण गर्न लागेको चलचित्र अझै पनिलाई उपत्यकाबाहिर निर्माता प्रदिप उदयले वितरणको जिम्मा लिएका छन् । चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा,सुरक्षा पन्त, मिथिला शर्मा, विजय लामा, विशाल ढुंगाना, पुष्प खड्का, रामेश्वर पाठक लगायतका कलाकारहरुको अभिनय रहेको छ ।AJHAI PANI official trailer and poster release (5)
कार्यक्रममा देखाइएको चलचित्रअझै पनिको फष्टलुक र ट्रेलरलाई कार्यक्रममा उपस्थित सबैले तारिफ गरेका थिए । चलचित्रको ट्रेलर हेरिरहादा नै धेरैले गहभरी आासु समेत पारेका थिए । कार्यक्रममा चलचित्रका कलाकार देखी प्राविधिकहरु समेतको बाक्लो उपस्थिति रहेको थियो ।

watch  AJHAI PANI official trailer 

प्रतिक्रिया