Bisal Chautari Logo

कलेजलाई केन्द्रित गर्दै विद्यार्थीमाझ ‘आभाष’ युनिट प्रचारमा

- १५ पुष २०७१, मंगलवार १०:४७ मा प्रकाशित


Among students ‘Aavash’ unit propagation
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष १५, मंगलबार । पछिल्लो समय नेपाली चलचित्र ब्यावसायिक रुपमा असफल हुनुमा प्रोमोशनमा पछाडी परिरहेको आरोप लाग्ने गरेको छ । यही आरोपलाई चिदै कलेजका यूवापुस्ता केन्द्रित चलचित्र ‘आभाष’ यूनिटले प्रमोशन सुरु गरेको छ । चलचित्र पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।Among students 'Aavash' unit propagation (2)
चलचित्रका कलाकार तथा निर्माण यूनिट आज काठमाण्डौका विभिन्न कलेजमा पुगेका छन् । कलाकारहरु सलोन बस्नोत, आश्मा डीसीको साथमा निर्माता गोविन्द शाही कलेज पुगेका हुन् । चलचित्रको प्रचार हेरिरहेका निर्माता सुनिल रावल पनि प्रचारमा देखिएका छन् । उनीहरुले कलेजका विद्यार्थीलाई ‘आभाष’को बारेमा जानकारी गराएका छन् । विद्यार्थीमा चलचित्रको पोष्टर कार्ड समेत उनीहरुले बाडेका थिए । यूवापुस्तालाई केन्द्रित गरिएका चलचित्रले विभिन्न कलेज केन्द्रित प्रमोशनका कार्यक्रम गर्दै आएका छन् ।Among students 'Aavash' unit propagation (1)
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा नीशा अधिकारी, संयम पुरीको पनि अभिनय छ । चलचित्रले प्रेममा हुने विछोड, आकर्षणलाई मुख्य बिषय बनाएको छ ।

प्रतिक्रिया