Bisal Chautari Logo

‘राम–लिला’ को पहिलो सो बाटै २० करोड कमायो

- २ मंसिर २०७०, आईतवार ०८:५३ मा प्रकाशित


मुम्वाई । संजय लिला भन्साली निर्देशित चलचित्र ‘राम–लीला’ले प्रर्दशनको पहिलो दिनमै राम्रो कमाई गरेको छ । चलचित्रले भारतमा मात्र पहिलो सो बाटै २० करोडको कमाई गरेको छ । यो कमाई बलिउडमा निकै राम्रो कमाई मान्ने गरिन्छ ।
‘गोलियों का राशलीला रामलीला’को सुरुवाती नाममा हिन्दुवादी संघसंस्थाले विरोध जनाएपछि ‘रामलीला’मा छोट्ट्याइएको थियो । भगवान् रामलाई लिएर नकारात्मक सन्देश दिन खोजेको आरोप लगाउँदै रिलिज रोक्न र यसका निर्देशक भन्सालीसहित अभिनेता तथा अभिनेत्री रणविर सिंह र दिपिका पादुकोण विरुद्ध एफआईआर दर्ता गरिएको थियो । तर हरियाणा–पन्जाब हाई कोर्टले गिरफ्तारीलाई अस्विकार गर्दै चलचित्रको नाम रामलिलाई ड्यासले छुट्याईएको थियो । चलचित्र सुरुवाति देखिकै यस्तै आलोचना खेप्दै आएकाले चलचित्रको प्रोमोशन बढिनै भएको थियो । (एजेन्सि)

प्रतिक्रिया