Bisal Chautari Logo

रोल्पामा अन्तर्राष्ट्रिय स्तरको चलचित्र कार्यशाला हुने

- १४ पुष २०७१, सोमबार १९:५७ मा प्रकाशित


Rolpa international standards will film workshop 2071
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष १४, सोमबार । नेपाली चलचित्रकर्मीहरुको सिप, क्षमता र अनुभवलाई सम्बृद्ध गर्ने तथा ‘नयाँ सिनेमा आन्दोलन’ मार्फत नेपाली चलचित्रको रुपान्तरणको लागी अखिल नेपाल चलचित्रकर्मी संगको आयोजनामा रोल्पा सदरमुकाम लिवाङमा ‘अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०७१’ हुने भएको छ । भारत तथा ईजिप्ट लगायतका देशका सिनेकर्मीले प्रशिक्षण दिने कार्यशाला आगामी माघ २२ देखी फागुन १ गतेसम्म चल्ने संघले जानकारी गराएको छ । Rolpa international standards will film workshop 2071
कार्यशालाको विषयमा जानकारी दिन सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा आयोजनाको उद्देश्य तथा आवश्यकताको बारेमा संघका अध्यक्ष केपी पाठकले पत्रकार तथा उपस्थित व्याक्तित्वहरुमाझ जानकारी गराएका थिए । यो कार्यशालाको लागी भारतबाट चलचित्र लेखक तथा समिक्षक, निर्देशक शेखर दास र ईजिप्टका चलचित्र लेखक, सकिक्षक तथा सम्पादक प्राध्यापक सफा एलाएसी हगाग आउने निश्चित भईसकेको आयोजकले जनाएको छ भने छिमेकी देश चीन र अर्को मित्र राष्ट्र क्युवाबाट पनि केहि सिनेकर्मी प्रशिक्षणको लागी ल्याउन गरिएको पहल अन्तिम चरणमा पुगेको अध्यक्ष पाठकले बताए ।
उक्त कार्यशालामा ५० जना सिनेकर्मीहरुको सहभागिता रहने बताईएको छ । जसको लागी पौष १५अर्थात यही मंगलवारबाट आवेदन फारम खुल्नेछ । कार्यशालामा १० जना चलचित्र बिधामा कलम चलाईरहेका पत्रकारहरुको पनि सहभागिता रहनेछ ।
विदेशी चलचित्रले स्थापित गरेको सांस्कृतिक तथा मनोवैज्ञानिक प्रभावलाई न्युनिकृत गरी नेपाली कला, संस्कृती र राष्ट्रियतालाई स्थापित गर्न सकिन्छ भन्ने धारणा साथ अघी बढाएको ‘सिनेमा आन्दोलन’ सहित संस्था अघी बढेको र यसैको केन्द्र वरपर रहेर यो प्रकारको कार्यशाला सहितका अन्य कार्यक्रम आगामी दिनमा समेत गर्दै जाने संघका उपाध्यक्ष तथा उत्पादक तथा निर्देशक विभाग संयोजक एमएस अग्रजले बताए ।

प्रतिक्रिया