Bisal Chautari Logo

चलचित्र विकास वोर्ड अध्यक्षमा राजकुमार राई यस कारण अगाडी

- १४ पुष २०७१, सोमबार १९:१७ मा प्रकाशित


Nepal chalachitra bikash board chairman Raj Kumar Rai For this reason, forward
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष १४, सोमबार । माघ महिनाको ११ गते नजिकिदै गर्दा चलचित्र विकास बोर्डका अध्यक्ष पदमा को लाउने भन्ने बहस अहिले सुरु भइरहेको छ । विकाश बोर्डका अध्यक्ष धमेन्द्र मरवैताको समयकाल माघ महिनाको ११ गते सकिनेछ । Raj Kumar Rai-Nepal chalachitra bikash board chairman
चलचित्र बिकाश बोर्डको अध्यक्ष पदमा अहिले जोडका साथ चर्चामा रहेको नाम हाल निर्माता संघका अध्यक्ष समेत रहेका धेरैले नेपाली सिने उद्योगका आशाका ढुकढुकी मानिदै आएका निर्माता राजकुमार राईको नाम अगाडी आएको छ । नाम अगाडी आएसंगै अध्यक्ष पदका लागी राजकुमार राइको चर्चापनि बढिरहेको छ ।
काग्रेस पार्टीका समर्थक राजकुमार चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने संभावना प्रबल छ । कारण, उनी सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको निकट छन् । त्यसैले पनि राजनीतिक नियुक्ती हुने बोर्डमा राई आउन सक्ने देखिन्छ । यदि राई अध्यक्ष पदमा नियुक्त भए विकास बोर्ड पूर्ण रुपमा चलचित्रकर्मीको बाहुल्यतामा रहनेछ । अहिले बोर्डको सदस्य पदमा तीन चलचित्रकर्मी सुरेश दर्पण पोखरेल, रुपा राना र राजेन्द्र केसी छन् ।Nepal chalachitra bikash board chairman Raj Kumar Rai For this reason, forward
त्यसो त सिनेकर्मीको हिसावले नेपाली सिने उद्योगको अवस्था बुझेको र केहि गर्न सक्ने सम्भावना देखाएको व्याक्तिको छवी बनाएका निर्माता राईको पक्षमा धेरैको समर्थन जुट्नेमा पनि राम्रो अड्कल काट्न सकिन्छ । केहि महिना पहिले जुर्मुराएर अहिले चर्चा सेलाएका अन्य उमेद्वार छाडेर यहा राजकुमार राईको बारेमा कुरा गर्नुपर्दा उनको अबको गन्तब्य पनि विकास वोर्ड हाक्ने नै रहेको बताउछन् । दुई कार्यकाल सम्म निर्माताहरुको हक हितमा लड्दै निर्माता संघको कुशल नेतृत्वकर्ताको छवी बनाएका राई अहिलेको परिवेशमा आफु नै वोर्डको अध्यक्षको दाबीकर्ता रहेको बताउछन् । त्यसो त अहिलेको अवस्थामा विकास वोर्ड पुगेर नेपाली सिनेमा नगरीको लागी केहि गर्न सक्ने व्याक्तिहरु मध्ये राजकुमार राई पनि हुन् । दुई कार्यकाल सम्म निर्माता संघको निर्वाचित अध्यक्ष पद सम्हालेका राईले अबको समयमा विकास वोर्डको नेतृत्वमा आखा लगाउनु स्वभाविक पनि हो । किनकी हाम्रो सिने नगरीमा निर्माता संघ भन्दा माथीको संस्था विकास वोर्ड नै हो र, कुनै पनि सस्थाको नेतृत्वमा रहेर आफ्नो कार्यकालमा सफलताका ईंटा थपेको व्याक्तिले त्यो भन्दा सर्वोच्च सस्थाको नेतृत्व दावी गर्नुमा अत्युक्ती नहोला । अर्को तर्फ सिनेमा उद्योगको पक्षमा चलेको आन्दोलनको समयमा नेतृत्व लिनेदेखी सरकारसग वार्ताको नेतृत्व लिने तथा निर्माता, निर्देशकदेखी कलाकार तथा सिनेमासग जोडिएका हरेक व्याक्तिको पक्षमा लाग्दै जुनसुकै समस्याबाट पनि छुटकारा दिलाउन अभिभावकिय भुमिका राईले खेल्दै आएकोले पनि उनी वोर्डमा पुग्दा समेत सिनेमा उद्योगको पक्षमा केहि नया र चामत्कारिक कार्य हुनेमा धेरै चलचित्रकर्मी आशावादी देखिन्छन् ।
अबको एक महिनाको बीचमा राईको दौढधुप कति हुन्छ र उनीसगै वोर्डको अध्यक्ष दावी गर्नेहरु कति जना हुन्छन त्यो केहि दिनपछी थाहा हुनेछ । तर यो एक महिनापछी पप्पुको कार्यकाल सकिएसगै नया नेतृत्व आउनेमा भने दुई मत देखिन्न, जसको लागी पुरानो सरकारले गरेका नियुक्तीमा कोईराला नेतृत्वको सरकारले फेरबदल गरेका धेरै उदाहरण सर्वविदितै छन् । राई अध्यक्ष होलान, नहोलान आफ्नो ठाउमा छ । तर यहा भन्न खोजिएको यो हो की, अहिलेको परिवेशमा विकास वोर्ड हाक्नको लागी उनी एक सक्षम उमेद्वार हुन् । तर यो अनुमान लगाईरहदा वर्तमान सरकार नै यो बीचमा फरबदल भयो भने चाहिं त्यसपछीको राजनीतिक परिवेश के बन्छ भन्ने कुरामा भर पर्नेछ । अर्को तर्फ अहिले राजकुमार राईलाई सक्षम उमेद्वार मान्नेहरुले कतिसम्म साथ दिन्छन त्यसमा पनि उनको विकास वोर्ड अध्यक्ष पदको भविष्य रहनेछ । तर मिनेन्द्र रिजाल नेतृत्वको सरकारबाट वोर्ड अध्यक्षमा नियुक्त हुदै गर्दा मिल्ने दुई बर्षे कार्यकालमा भने उनले केही कमाल गर्नसक्ने आशा भने जिवितै छ ।

प्रतिक्रिया