Bisal Chautari Logo

नन्दिताका लागी ‘लोग्ने मान्छे’ किन विशेष ?

- १३ पुष २०७१, आईतवार १५:२१ मा प्रकाशित


nandita kc for ‘LOGNE MANCHHE ‘Why special?
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, पौष १३, आइतबार । ‘म केही बर्षको अन्तरालपछि चलचित्र क्षेत्रमा फकिर्एको कारणले मेरो लागी चलचित्र ‘लोग्ने मान्छे’ बिशेष रहेको छ’, अभिनेत्री नन्दिता केसीले चलचित्र ‘लोग्ने मान्छे’ को अडियो बिमोचन कार्यक्रममा बताइन् । यो चलचित्रमा आफू श्रीमतीको भूमिकामा देखिएको बताइन् ।nandita kc for 'LOGNE MANCHHE 'Why special (1)
आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको अडियो बिमोचन गरिएको हो । चेतन सापकोटाको संगीत रहेको चलचित्रमा ४ वटा गीत समावेश गरिएको छ ।

nandita kc for 'LOGNE MANCHHE 'Why special (2)
अडियो बिमोचनमा बोल्दै यस चलचित्रका निर्देशक लय संग्रौलाले दर्शकहरुको चाहना बुझेर उनिहरुले रुचाउने पारिवारिक कथालाई पर्दामा उठाएको बताए । उनले यो चलचित्रपछि आफू तरकारी बेच्न कालिमाटी बजार जान नपरोस् भन्दै सबैलाई सहयोग गरिदिन आग्रह समेत गरे ।nandita kc for 'LOGNE MANCHHE 'Why special (4)
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी बनेर पुगेका निर्माता संघका अध्यक्ष राजकुमार राईले सिनेमाका गीतहरु राम्रा बनेको बताउदै निर्देशक लय संग्रौलाले आफ्नै जिवनका भोगाइहरुमा लोग्ने मान्छे बनाएको हुनपर्ने तर्क राखे । कार्यक्रममा विभिन्न चलचित्र सम्बन्धी संघसंस्थाका प्रतिनिधीहरुले चलचित्रको अडियो बिमोचन गर्दै शुभकामना दिएका थिए । चलचित्रलाई प्रदिप मित्तलले निर्माण गरेका हुन् ।chetan sapkota for 'LOGNE MANCHHE 'Why special (3)
चलचित्रमा दीलिप रायमाझी, नन्दिता केसी, नीक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, धुरव कोइराला, संगीत लिम्बु, अन्जु थापा, विमला गिरी, लय संग्रौला लगायतका कलाकारको अभिनय छ । चलचित्रमा उत्तम केसी परिकल्पनाकारको रुपमा छन् । यस्तै, कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, बनिश शाहको सम्पादन चलचित्रमा छ । यो चलचित्र माघ २३ गतेबाट प्रदर्शनमा आउदैछ ।
भिडियो हेर्नुहोस् :

प्रतिक्रिया