Bisal Chautari Logo

‘शान्तिका लागि शिक्षा’ नारा लिएर नेपथ्य देशव्यापि कन्र्सटमा जाने

- ३ मंसिर २०७०, सोमबार १०:२१ मा प्रकाशित


काठमाडौ । नेपालि साङ्गितिक क्षेत्रको पुरोनो र लोकप्रिय व्यान्ड ‘नेपथ्य’ले शान्तिका लागि देशव्यापि कन्र्सट गर्ने भएको छ । आउदो मंसिर २१ गतेदेखि सुरुहुने कन्र्सटको नारा ‘शान्तिका लागि शिक्षा’ रहेको व्यान्ड प्रमुख गायक कमृत गुरुङले बताएका छन् ।
बेलायतको एरेनामा समेत कन्र्सट गरेपछि नेपथ्य शान्तिको सन्देश फैल्याउदै देशव्यापि कन्र्सट गर्न लागेको हो । चितवनको रत्नगर, मोरङको बिराटचोक, झापाको दमक, सर्लाहीको लालबन्दि, कपिलवस्तुको तौलिहवा, बर्दियाको गुलरिया, दाङको लमही, आँबुखैरेनी, कास्कीको गगनगौंडा र ललितपुर दरबार स्क्वायरमा कन्र्सट सकिने नेपथ्यको योजना रहेको छ । विद्यालयलाई दन्द्धमुक्त बनाउन, भविश्यका कर्णधार बालबालिकाहरुलाई पढ्न, लेख्न पाउने अधिकार सुनिश्चित होस् भन्ने चाहना अनुसार देशव्यापि रुपमा कन्र्सट गर्न लागिएकोपनि नेपथ्य व्यान्डले जनाएको छ ।

प्रतिक्रिया