Bisal Chautari Logo

झमक भिमिरेको जीवनीमाथि चलचित्र बन्ने

- १२ पुष २०७१, शनिबार ०३:५८ मा प्रकाशित


Jhamak Ghimire novel Jiwan kada ki phool film
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष ११, शुक्रबार । चर्चित साहित्यकार झमक घिमिरेको जिवनीमाथी चलचित्र बन्ने भएको छ । ‘जीवन काडा कि फूल’ नामक आत्मकथा लेखेर मदन पुरस्कार प्राप्त गर्न सफल झमकको जीवनीमा आधारित रहेर बन्ने चलचित्रलाई बिनोद विष्टले निर्माण गर्ने भएका हुन् । Jhamak Ghimire novel Jiwan kada ki phool film
जागृति फिल्मस्को ब्यानरमा बन्ने यो चलचित्र ‘जीवन काडा कि फूल’ नामक आत्मकथामाथि नै आधारित रहेर झमकको निश्चित समयावधिको जीवनीमाथि सिनेमा बन्न लागेको हो । यसका लागि झमक घिमिरे साहित्य प्रतिष्ठानबाट पनि स्विकृत लिइसकिएको छ । गतबर्ष नै चलचित्र निर्माण सुरु गरिने योजना भएपनि झमकको बाल्यकालको अभिनय गर्ने कलाकार नभेटिएकाले ढिलो भएको हो । विं. सं. २०४५ को भूकम्पले भत्काएको झमकको जन्मघर, गाइगोठ लगायतका कृत्रिम संरचनाको समते निर्माण गरिने भएको छ ।
आफ्नो जीवनीमाथि चलचित्र बन्न लागेपछि झमकमा पनि उत्साह थपिएको छ । ८ बर्षको उमेरमा अक्षर लेख्न थालेकी झमकले १५ बर्षको उमेरबाट साहित्य लेखन सुरु गरेकी हुन् । चलचित्रको नाम ‘जीवन काडा कि फूल’ नै राख्ने बुझिएको छ ।

प्रतिक्रिया