Bisal Chautari Logo

‘कवड्डी’ जोडी दयाहाङ र रिश्मा अब ‘झुम्कि’मा

- ११ पुष २०७१, शुक्रबार १४:३१ मा प्रकाशित


dayahang rai and reshma gurung at jhumki movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष ११, शुक्रबार । ब्यावसायिक रुपमा सफल रहेको चलचित्र ‘कवड्डी’ जोडी दयाहाङ राई र रिश्मा गुरुङ अब चलचित्र ‘झुम्कि’मा एकसाथ देखिने भएका छन् । dayahang rai and reshma gurung at jhumki movie
ऐतिहासिक चलचित्र दासढुंगाको निर्माण गरेका अपिल बिष्टले अब चलचित्र निर्देशन गर्ने भएका छन् । उनले सोसल ड्रामा चलचित्र झुम्की निर्देशन गर्ने भएका हुन् । चलचित्र बाहेक अन्य सोचन नसक्ने अपिल बताउछन्, पहिला निर्माताको रुपमा यस क्षेत्रलाई बुझे अब चलचित्र निर्देशन गर्दै छु । पौष, फागुन र भदौ गरि ३ सेड्युलमा छायांकन हुने यस चलचित्रको कथा कबड्डी निर्देशक राम बाबु गुरुङले लेखेका हुन् । हाल केहि दृश्यको छायांकन भैरहेको यस चलचित्र पौष २२ पछि सम्पूर्ण कलाकारका साथमा छायांकनमा जादैछ । चलचित्रको छायांकन दाङ, लमही, नारायणघाट, बुटवल तथा काठमाण्डौमा हुनेछ । चलचित्रको कथाको डिमाण्ड र दर्शकलाई राम्रो चलचित्र दिउ भनेर बिना सम्झौता सिनेमाको छायांकन ३ सेड्युलमा गर्न लागिएको हो । निर्देशक अपिल बिष्टले चलचित्रको ३ सेड्युल छायांकनको बारेमा प्रस्ट्याए ।
अपिल बिष्ट फिल्म्स प्रोडक्सनको ब्यानरमा बन्ने यस चलचित्रमा दायाहाङ र रिश्माको अलवा मनोज आरसी, भोला राज सापकोटा, प्रमोद अग्रहरी लगायतको अभिनय रहनेछ । चलचित्र जेरी बाट सिनेम्याटोग्राफीमा चर्चा बटुलेका शैलेन्द्रध्वज कार्कीले खिच्ने यस चलचित्रमा निर्माता विजय बिराज बिष्ट रहेका छन् । भने सह निर्माता सरिता केसी हुन् ।

प्रतिक्रिया