Bisal Chautari Logo

चलचित्र ‘मिस नेपाल’ हिडन ट्रेजरले आपत्ति जनाएपछि कपिराईट विवादमा

- ४ मंसिर २०७०, मंगलवार १५:४९ मा प्रकाशित


विशल चौतारी समाचार
४ मंसिर, काठमाडौ । अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाको पछिल्लो चलचित्र ‘मिस नेपाल’ प्रतिलिपि अधिकारको कारण विवादमा तानिएको छ । १८ वर्षदेखि ‘मिस नेपाल’ को आयोजना गर्दै आएको आयोजक संस्था हिडेन ट्रेजरले कपिराईटको आरोप लगाएपछि चलचित्र ‘मिस नेपाल’ विवादमा तानिएको हो ।
मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरले बताए अनुसार, अनुमति बिनै आफूहरुले स्थापित गरेको ब्रान्डमा चलचित्र बनाएको प्रति रहेको बताएको छ । आयोजक संस्थाले चलचित्रको नामप्रति आपत्ति जनाउदै नाम परिवर्तन गर्न माग गरेको छ । अभिनेत्री तथा निर्मात्री शुभेच्छाले भने, हिडन ट्रेजरको स्वामित्वमा रहेको मिस नेपाल र चलचित्र फरक विधा भएकाले विरोध गर्नुको औचित्य नरहेको बताएकि छिन् । तर आयोजक संस्था हिडन ट्रेजरले भने आफ्नो नाममा गुडविल रहेकाले स्वीकृति लिनुपर्ने तर्क गरेको छ । ट्रेजरका भरत राईको अनुसार मिस नेपालको ट्रेडमार्क द हिडन ट्रेजरले उद्योग विभावमा दर्ता गराएकाले त्यसप्रति चासो राखेको बताएको छ । आयोजक संस्थाका राईका अनुसार कसरी अघि बढ्ने भन्ने बारेमा निधो गरिनसकेको बताएको छ । अभिनेत्री थापाले भने आयोजक संस्था हिडन ट्रेजरलाई सम्पर्क गर्दापनि बेवस्था गरेको गुनासो गरिन् ।
सुरेन्द्र तुलाधरद्धरा निर्देशित चलचित्रलाई सेन्सरले पास गरिसकेको छ । प्रतिलिपि अधिकार रजिष्टार कार्यलयका अनसार गुडविलको दाबि लाग्न सक्ने बताएका छन् । ट्रेडमार्कको नियमानुुसार उपभोक्ताबाट कमाएको गुडविलमापनि पहिलो वालाको हक लाग्ने बताएएको छ । आउदो फागुनमा रिलिज हुने भनिएको नवल नेपालले चलचित्रको कथा लेखेका हुन् । चलचित्रमा अभिनेत्री शुभेच्छा थापा, क्षितिजा शाक्य र अभिनेता सविन श्रेष्ठको अभिनय रहेको छ ।

प्रतिक्रिया