Bisal Chautari Logo

निताको ४ बर्ष लामो प्रेम सम्वन्ध टुट्यो

- ५ मंसिर २०७०, बुधबार १६:१५ मा प्रकाशित


विशाल चौतारी समाचार ।
काठमाडौ, मंसिर ५ । नेपालि चलचित्र क्षेत्रकी सबैभन्दा कान्छि अभिनेत्री निता ढुङ्ढानाले आफ्नो पहिलो प्रेम टुटेको बताएकि छिन् । २२ बर्षया अभिनेत्री निताको ४ वर्ष लामो प्रेम सम्वन्ध टुटेको हो । केहि समय अगाडि सौर्य दैनिककै एक अन्र्तवार्ताको क्रममा अभिनेत्री निताले आफ्नो प्रेमी कलाकारीतालाई राम्रो किसिमले बुझ्ने पाएको बताएकि थिईन् । उनले अन्र्तवार्ताकै क्रमममा आफ्ना प्रेमीसं बिबाहपनि गर्ने बताएकि थिईन् । प्रेमीसंगको विछोडका बारेमा अभिनेत्री नितालाई फोन सम्र्पक गरेर बुझ्दा आफ्नो अहिले कुनै युबकसंग प्रेम सम्वन्ध नरहेको बताईन् ।
अभिनेत्री निताको ४ वर्ष लामो प्रेम सम्वन्ध रहेको बुझिएको छ । नीता र उनको प्रेमि बिच लामै समय डेटिङ पनि चलेको बुझिएको छ । उनीहरु प्रेममा रहदा निक्कै नजिक पनि रहेका थिए । प्रेम सम्बन्धमा रहदा नीता प्रेमिसँग फोनमा निक्कै व्यस्त हुने गरेको उनी निकट साथीहरु बताउछन् । हालसम्म १५ वटा चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री निता पछिल्लो समयमा निकै व्यास्त र चलेको अभिनेत्रीहरुको माहोलमा अगाडि छिन् ।
प्रेमको बारेमा कुराकानि नगर्ने बताउदै भएपनि अभिनेत्री निताले आफ्नो अन्र्तवार्तामा भनेको प्रेमि अहिले प्रेम सम्वन्धमा नरहेको बताईन् । उनले भनिन्–‘मलाई प्रेमको बारेमा केहि कुराकानि गर्ने मन छैन, अन्य प्रसंगमा भए कुराकानि गर्छु । पहिले दिएको अन्र्तवार्ताको प्रेमीसंग छुटिसकेको छ,’अभिनेत्री निताले बताईन् । उनले छुटिसकेको प्रेमीको नाम भन्न नसक्नेपनि बताईन् ।

प्रतिक्रिया