Bisal Chautari Logo

चलचित्रकर्मिहरुको क्रमिक रुपमा हार

- ६ मंसिर २०७०, बिहीबार १६:२४ मा प्रकाशित


काठमाडौ । संविधान सभाको दोस्रो चुनावमा चलचित्र क्षेत्रका चलचित्रकर्मिहरुले प्राय हार बेहोरेको छ । चलचित्र क्षेत्रका सफल निर्माता रमेशजंग रायमाझीले संविधानसभाको दोस्रो चुनावमा हार बेहोरेका छन् । मोरङ क्षेत्र नम्बर ८ मा काँग्रेसबाट प्रत्यक्षमा भिडेका रायमाझीलाई एमालेका चन्द्र बहादुर गुरुङले हराएका हुन् ।


एमालेका चन्द्र बहादुर गुरुङ १५ हजार ६ साय ८६ मत ल्याएर विजयी भएका हुन् । ‘नाई नभन्नु ल’, मलाई मन पर्‍यो प्रदर्शनको क्रममा रहेको चलचित्र सन्त्राश’का निर्माता रहेका रायमाझीले १३ हजार ९ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका एमाओवादीको गोपी अछामीले ५२६९ मत ल्याएका छन् । त्यस्तै चलचित्रकर्मी उद्धब पौडेल (राप्रपा नेपाल)को काठमाण्डौ क्षेत्र नं ४ बाट हार्ने निश्चित भईसकेको छ । चुनावि प्रचार–प्रसारमा निकै व्यापकता देखाएका पौडेल चावहिलमा रहेको गोपीकृष्ण मुभिजका संस्थापक अध्यक्ष हुन् ।

प्रतिक्रिया