Bisal Chautari Logo

नेपालि चलचित्रमा मौलिकता हराउदै गएको मुरलिधरको गुनासो

- ६ मंसिर २०७०, बिहीबार १६:३८ मा प्रकाशित


ब्रेकर : ‘बेला–बेलामा नेपालि चलचित्रहरुपनि हेर्ने गरेको छु । बढि जसो चलचित्रहरु चोरीने गरेको रहेछ । आफ्नो पालाको नेपाली चलचित्र र अहिलेको चलचित्रमा धेरै परिवर्तन भएपनि मौलिकता हराउदै गएको रहेछ । अहिलेको नेपालि चलचित्रहरुको गित परिवारमा संगै बसेर सुन्न गाह्रो पर्दो रहेछ । अझ पुरै चलचित्र त अहिलेको नेपालि चलचित्र हलिउड चलचित्र भन्दा भल्गर लाग्यो ।’

विशाल राई
काठमाडौ, मंसिर ६ । नेपालि साङ्गितिक तथा कलाकारीता क्षेत्रका मुर्धन्य व्याक्ति वरिष्ठ कलाकार मुरलिधर अहिले नेपालमा रहेका छन् । ३०–३५ वर्षदेखि मुम्वाईमा रहेरपनि नेपालि कलाकारीता तथा साङ्गितिक क्षेत्रलाई उल्लेख्य योगदान पुर्‍याउदै आएका भर्सस्टाईल गायक, अभिनेता, गितकार तथा संगितकार मुरलिधर केहि समय अगाडि नेपाल आएका हुन् ।
दोस्रो संविधान सभाको चुनावमा सहभागि हुने उद्देश्यले नेपाल आएका मुरलिधरले चुनावमा मत हाल्न नपाएको बताए । मतदान गर्न नपाएको प्रति दुखेसो गर्दै वरिष्ठ कलाकार मुरलिधरले भने–‘यति ठुलो चुनावि माहोलमा आफु सहभागि भएरपनि मत हाल्न नपाउदा दुख लागेको छ ।’ पछिल्लो समयमा कलाकार मुरलिधर नेपालि साङ्गितिक क्षेत्रमा नयाँ एल्वम ल्याउने तरखरमा रहेका छन् । ‘हाम्रो स्वाभिमान’ नामक एल्वम बजारमा ल्याउने मनसायलेपनि नेपाल आएको बताए । वरिष्ठ कलाकार मुरलिधरले साङ्गितिक क्षेत्रमा म्युजिक नेपालको तर्फबाट तिन वटा एल्वम र दुई वटा एल्वम गरि पाच वटा एल्वम ल्याएका छन् । छैटौ एल्वमको रुपमा आउन लागेको एल्वम ‘हाम्रो स्वाभिमान’ नामक एल्वम आफ्नै लगानिमा ल्याउन लागेको बताए । एल्वममा समावशे गित, संगित कलाकार मुरलिधरकै रहेको छ । लोक आधुनिक तथा आधुनिक शैलिमा एल्वम हाम्रो स्वाभिमानमा रहेको मुरलिधरले बताए । समाजमा चेतना जोगाउने उद्देश्यका साथ एल्वम ल्याउन लागेको मुरलिधरले बताए । एल्वमको विमोचन केहि समय अगाडि आसाममा गरिएकोपनि मुरलिधरले बताए ।‘उडायो सपना सबै हुरीले’, चिसो चिसो सिरेटोमा, छहारीको बोलको चर्चित गितहरु नेपालि साङ्गितिक क्षेत्रलाई दिईसकेका मुरलिधरले नेपाली चलचित्र क्षेत्रमापनि उत्तिकै योगदान रहेको छ । उनले नेपालि चलचित्रहरु ‘सम्झना, घुम्टो, तृष्णा आदि सफल चलचित्रहरु खेलेका छन् । उता बलिउडमापनि मुरलिधरले ‘कसम पैदा, कर्ने वाले की, नक्सलाईट, कालका, भवानी जक्सन, मिस्टर इन्डिया र मै आजाद हु पछिल्लो चलचित्रमा अभिनय गरेका छन् । उनले मासुका नामक चलचित्रमा मेन भिलेनको रोलपनि निभाएका छन् । उनले बलिउडका चर्चित निर्देशक यस चोपडा, शेखर कपुर, श्याम तेनिगत, विस्वास लगायतसंग काम गरेको बताए ।
वरिष्ठ कलाकार मुरलिधर पछिल्लो समयमा निकै हराए । यसबारेमा बोल्दै मुरलिधरले निर्माता निर्देशकहरुले नखोजेपछि आफु नेपालि चलचित्र क्षेत्रबाट केहि समय ग्याप भएको बताए । उनले आफु नेपालि चलचित्र क्षेत्रबाट हराएकै चाहि नभएको बताए । उता राम्रो कलाकारको रुपमा बलिउडमापनि मुरलिधरलाई मानिन्छन् । पछिल्लो समयमा हिन्दि चलचित्रमापनि हराउनु भयो नि भन्ने प्रश्नमा कलाकार मुरलिधरले भने–‘हिन्दि चलचित्रहरुमा सानो सानो रोल मात्र पाईने भएकाले मैले चलचित्रै खेल्न छाडेको हु । बरु आफ्नै देशमा बन्ने चलचित्रहरु अहिले पाए खेल्ने इच्छा रहेको छ ।’
कुराकानिको क्रममा वरिष्ठ कलाकार मुरलिधरले आफ्नो परिवारै संगितमय रहेको बताए । आफ्नी श्रीमति विष्णु मायापनि गितहरु सृजना गर्ने बताए । दुई छोराहरु इङ्लिस गितहरु बढि गाउने बताए । मुम्वाईमा बसोबास भएपनि आफ्ना छोराहरुलाई नेपालि भाषाका गित संगितहरु सुनाउने गरेपछि भने नेपालि गितहरु खोजि–खोजि सुन्ने गरेको बताए । दुई छोराहरु बढि लोक दोहोरी गितहरु सुन्न रुचाउनेपनि मुरलिधरले बताए । करिव ५ वटा भन्दा बढि नेपालि चलचित्रको गितहरुमापनि कलाकार मुरलिधरले गाएका छन् । त्यस्तै कलाको धनि वरिष्ठ कलाकार मुरलिधरले मैथेलि चलचित्रहरुमापनि काम गरेका छन् । मैथेलि भाषामा काम गरेको ४ वटा चलचित्र मध्ये ‘जिनगि महग सेनुर र औ पियार हमर नगरी चलचित्र हिट रहेको मुरलिधरले बताए ।
नेपालि साङ्गितिक तथा कलाकारीतालाई छाडेर मुम्बई फिल्म खेल्ने चाहनाले नगएको बताए । ईन्डिया जानको कारण प्रश्ट्याउदै कलाकार मुरलिधरले भने–‘इन्डियन एम्वेसिको सिफारीसमा भारतमा संगित अध्ययन गर्न ६ वर्षको सिफारिस पाएपछि गएको थिए । भारतमा गएर कलाकार मुरलिधरले मारतन्ड पदम विभुषण पण्डित जसराजसंग करिव १२–१३ वर्ष सम्म सांस्त्रीय संगित सिकेको बताए । कलाकारीतामापनि निकै अगाडि रहेकाले उनले भारतमै रहेरपनि नेपालि चलचित्र खेलेको बताए ।
मुरलिधरले बेला–बेलामा नेपालि चलचित्रहरुपनि हेर्ने गरेको बताए । उनले पछिल्लो नेपालि चलचित्रको बजारलाई विश्लेशन गर्दै बढि जसो चलचित्रहरु चोरीने गरेको बताए । आफुले नेपालमा केहि चलेका चलचित्रहरु हेर्दा कपि गरेको पाएको बताए । आफ्नो पालाको नेपाली चलचित्र र अहिलेको चलचित्रमा धेरै परिवर्तन भएपनि मौलिकता हराउदै गएको गुनासो गरे । अहिलेको नेपालि चलचित्रहरुको गित परिवारमा संगै बसेर सुन्न नसकिने बताए । भने–‘अझ पुरै चलचित्र त अहिलेको नेपालि चलचित्र हलिउड चलचित्र भन्दा भल्गर रहेको छ ।’  
भारतमा रहेर नेपालि मुलका भारतमा सोसित गैर नेपालिहरुको हकहितका लागि काम गर्ने संस्थापनि चलाएर बसेको मुरलिधरले कुराकानिको क्रममा बताए । सो संस्थाको नाम भने ‘हाम्रो स्वाभिमान’ नै रहेको छ । सो संस्थामा एड्भोकेटरको रुपमा प्रेम बहादुर श्रेष्ठ, संरक्षकहरु बालकृष्ण आचार्य र स्वामि रामदेव रहेको मुरलिधरले बताए ।




प्रतिक्रिया