Bisal Chautari Logo

कलाकारहरु प्रचार–प्रसारमा अगाडि मतमा पछाडि

- ८ मंसिर २०७०, शनिबार १५:०९ मा प्रकाशित


विशाल राई
काठमाडौ, मंसिर ८ । दोस्रो संविधान सभाको निर्वाचनमा प्रत्यक्ष तर्फका उम्मेदवारी दिएका चलचित्रकर्मी तथा संगीतकर्मीहरु नराम्रो किसिमले हार बेहोरेका छन् । एक किसिमले भन्ने हो भने कलाकारहरुलाई जनताहरुले कलाकारको रुपमा पत्याएपनि राजनेताको रुपमा पत्याउन नसन्ने पुष्टि गरिदिएका छन् ।
चलचित्र क्षेत्रमा लामो समय योगदान दिदै आएका चलचित्रकर्मी उद्धव पौडेललेपनि नराम्रो किसिमले हार बेहोरेको छ । चुनाव प्रचार–प्रसारमा कलाकारहरुलाई घरदैलो कार्यक्रममा हिडाएर बारम्बार चचिर्त भएका पौडेल संविधान सभाको निर्वाचनमा हार बेहोरे । अभिनेत्री गरिमा पन्त, सुमिना घिमिरे, हास्यकलाकार दिपकराज गिरी, दिपाश्री निरौला लगायतका थुप्रै कलाकारहरु भोट माग्न तल्लिन देखिएका थिए । राप्रपा नेपालको तर्फबाट काठमाण्डौ क्षेत्र नम्बर ४ का उम्मेदवार बनेका चलचित्रकर्मि पौडेलले विजय हासिल गर्न सकेनन् । उनले आफ्नो क्षेत्रबाट ३२ सय मत पनि मुश्किलले प्राप्त गरेका छन् । उनी उठेको क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले २२ हजार माथिको मत प्राप्त गरेर विजयी भएका छन् ।
उता चलचित्रकर्मी भन्दा पनि राजनीतिमा सक्रिय रहेका निर्माता रमेशजंग रायमाझी पनि २ वटा चलचित्र बनाएर चर्चामा थिए । उनले बनाएको २ चलचित्र मध्ये ‘नाइ नभन्नु ल’ सर्वाधिक चर्चामा रह्यो । तर यि चर्चित निर्माता रायामाझिलाईपनि जनताहरुले चुनावमा भने पत्याउन सकेनन् । प्रचार–प्रसारको क्रममा राम्रै आकर्षणको केन्द्रमा बनेपनि रायामाझिले आफ्नो सिट सुरक्षित गर्नभने सकेनन् । मोरङ क्षेत्र नम्बर ८ मा काँग्रेसबाट प्रत्यक्षमा भिडेका रायमाझीलाई एमालेका चन्द्र बहादुर गुरुङले हराएका हुन् । एमालेका गुरुङले १५ हजार ६ साय ८६ मत ल्याएर विजयी भएका हुन् । ‘नाई नभन्नु ल’, मलाई मन पर्‍यो प्रदर्शनको क्रममा रहेको चलचित्र सन्त्राश’का निर्माता रहेका रायमाझीले १३ हजार ९ मत ल्याएका थिए । तेस्रो स्थानमा रहेका एमाओवादीको गोपी अछामीले ५ हजार २ सय ६९ मत ल्याएका थिए ।
त्यस्तै चचिर्त पपगायक संजय श्रेष्ठले काठमाडौ क्षेत्र नम्वर ६ बाट कांग्रेसका भीमसेन दास प्रधानसंग हारेका छन् । गायक श्रेष्ठले २ हजार ३ सय ८५ भोट पाएका थिए ।  भिमसेनदास प्रधानले गायक श्रेष्ठलाई १४ हजार १ साय १४ मत ल्याउदै भारी मतले जितेका छन् । त्यस्तै एमालेका योगेश भट्टराईको १२ हजार ८ सय ५३ मत ल्याएका छन्, भने नेकपा माओवादीका हिमाल शर्माले ६ हजार ७ सय ६४ मत ल्याएका छन् । गायक संजय श्रेष्ठपनि चुनाव प्रसार–प्रचारमा निकै अगाडि नै थिए ।
त्यस्तै नेपालि साङ्गितिक क्षेत्रकी चर्चित गायिका मीरा राणापनि दास्रो संविधान सभाको चुनावमा हार बेहोरेका छन् । गायिका मिरा राणाको ‘मखमली चोलो चाहिँदैन, रेशमको सारी चाहिँदैन’ जस्ता चचिर्तहरु गाएकि छिन् ।
धन्न अभिनेता भुवन केसि र अभिनेत्री रेखा थापाले चुनावमा उठेनन् । यि दुई कलाकारहरु प्रत्यक्षमा लडेका भए, अझ रोचक हुने थियो । नेकपा एमालेले अभिनेता भूवन केसीलाई काठमाण्डौ क्षेत्र नम्बर १ बाट निर्वाचनमा उठाएको भए र अभिनेत्री रेखालाई पर्साबाट उठाएको भए अझ निर्वाचन रोचक हुने थियो ।

प्रतिक्रिया