Bisal Chautari Logo

ज्योतीराज राईको ‘प्रोड्यूसर‘को ट्रेलर सार्वजनिक

- ९ मंसिर २०७०, आईतवार १३:४८ मा प्रकाशित


काठमाडौ । नेपाली चलचित्र क्षेत्रमा निर्माताहरुको दुर्दशालाई मुख्य आधार मानेर निर्माण गरिएको चलचित्र ‘प्रोड्यूसर’को हल प्रोमो सार्वजनिक भएको छ । चलचित्रका अभिनेता तथा गायक बाबु बोगटीको आईतवार परेको जन्मदिनमा चलचित्रको प्रोमो सार्वजनिक गरिएको हो ।
देशका बिभिन्न स्थानमा च्यरिटी गरिए पश्चात चलचित्र ‘प्रोड्यूसर’ बिदेशमा रिलिज गरिने चलचित्रका प्रस्तुतकर्ता ज्ज्योतीराज राईले बताएका छन् । चलचित्रको कथा मुख्यत : चार जना युवाहरु निर्देशक, निर्माता, अभिनेता र प्रोडक्सन म्यानेजरले चलचित्रमा गर्नुपरेको संघर्षलाई मुख्य कथा बनाईएको छ । यस चलचित्रलाई डिसेम्बर महिनाको दोस्रो हप्ता दुबईमा रिलिज गरिने बताईएको छ । नेपालमा भने चलचित्र ‘प्रोड्युसर’ माघ १७ गते सार्वजनिक प्रदर्शनमा आउदैछ ।
आरसी पिक्चर्स र द मिडियाज कलेक्शनको संयुक्त लगानीमा तयार भएको यस चलचित्रमा अभिनेता विल्सन विक्रम, बाबु बोगटी, श्याम अर्याल अभिनेत्री श्वेता भट्टराई, श्याम राईको अभिनय रहेको छ । चलचित्रका प्रस्तुतकर्ता ज्योतीराज राई हुन् । चलचित्रमा सागर प्रधानको छायांकन, किरण माइकलको लेखन, रोशन श्रेष्ठको दन्द्धनिर्देशन, राहुल प्रधान, सुरेश राई, किरण माइकलको संगीत तथा प्रज्वललित पराजुलीको सम्पादन रहेको छ ।

प्रतिक्रिया