Bisal Chautari Logo

‘वितेका पल‘ मा बाबु भुलुक्क

- ९ मंसिर २०७०, आईतवार १५:२३ मा प्रकाशित


विशाल चौतारी समाचार ।
काठमाडौ । अभिनेता तथा गायक बाबु बोगटीको हिजो (आईतवार– ९ मंसिर ) ३२ औं जन्मदिनले धेरै फापेको छ । उनको जन्मदिनमा चलचित्र ‘वितेका पल’ युनिटले नयाँ प्रोमो सार्वजनिक गरेको छ । जहाँ अभिनेता बाबुलाई झल्यास्स प्रस्तुत गरिएको छ ।
चलचित्र ‘वितेका पल’ युनिटले यसअघि अभिनेत्री केकी अधिकारीलाई हाईलाईट गरेर चलचित्रको प्रोमो सार्वजनिक गरिएको थियो । यसपटक पनि प्रोमोमा अभिनेत्री केकीलाई नै केन्द्रमा राखिएको छ । राजेश घतानीको निर्माणमा सुरज सुब्बाले निर्देशन गरेको यस चलचित्रमा अभिनेता बाबु र अभिनेत्री केकीको साथमा अबिनाश गुरङको पनि मुख्य अभिनय रहेको छ । चलचित्र ‘वितेका पल’ यहि पौष २६ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया