Bisal Chautari Logo

म्युजिक भिडियो हुदै पण्डित ‘उडान’मा

- ११ मंसिर २०७०, मंगलवार १०:१७ मा प्रकाशित


काठमाडौ : कलाकारिता रुताउने युवाहरुको जमात धेरै रहेको छ, आजभोलि । तर थोरै युवाहरुले मात्र आफ्नो चाहना पुरा गर्ने अवसर पाउछन् कलाकारीताको दुनियामा । त्यहि थोरै युवाहरुमा सिरहा मर्चैयाका मनोज पण्डित पनि आधादशक देखि कलाकारिताको क्षेत्रमा संघर्षरत छन् । ज्यान कसम, अन्तिम मिलन बोलको म्युजिक भिडियो चलचित्र मार्फत अभिनय यात्रा शुरुगरेका मनोज पण्डितले बन्धन नामक टेलि चलचित्रको माध्येमबाट दर्शकको नजिक पुग्न सफल भएका हुन ।
त्यस पश्चात पण्डितले फर्किआउ वर्षात लगायतका चलचित्रमा काम गर्ने मौका पाए । प्रदिप भारव्दाजको लेखन, रमेश कुमार राईको निर्देशन रहने छायााकनको तयारीमा रहेको चलचित्र उडानमा समेत उनको सशक्त भूमिका रहने बताइएको छ । हाल विएससिमा अध्यायनरत प्रतिभावान कलाकार मनोज पण्डित आफु कला संस्कृतिको पुजारी भएकोले यस क्षेत्रमा निरन्तर लागि पर्ने बताउछन् ।

प्रतिक्रिया