MalVika Subba brand ambassador NYX cosmetics in nepal
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, पौष ३, बिहिबार । पुर्व मिस तथा चलचित्र हाउ फन्नि मार्फत निर्मात्री बनेकी माल्भिका सुब्बा ‘एनवाईएक्स’कस्मेटिकको नेपाल ब्राण्ड एम्बेस्डरमा नियुक्त भएकी छिन् । आज दरबारमार्ग स्थित रोयल सिहं होटलमा एक्सप्रेश नेपालले एक पत्रकार सम्मेलनको आयोजना गरी औपचारीक रुपमा माल्भिकालाई ब्राण्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको जानकारी गराएको थियो । माल्भिकालाई ब्राण्ड एम्बेस्डर १ वर्षका लागी नियुक्त गरिएको हो ।
(पुर्व मिस नेपाल माल्भिकाले कार्यक्रममा बोल्दै आफुपनि यो ब्राण्डको एउटा हिस्सा बन्न पाउदा खुशी लागेको बताउदै अब यस ब्राण्डका कस्मेटिक सामानको बजार प्रवद्र्धधनका लागी दिइएको जिम्मेवारी पुरा गर्ने बताइन् । सुब्बाले भनिन्–‘ म एनवाईएक्सको नेपाल ब्राण्ड एम्बेस्डर बन्नुको थप कारण पेटा नामक एनिमल राइटस्ले इन्डोर्स गरेको भएरपनि हो ।’ माल्भिका सुब्बाले कस्मेटिकको बारेमा जानकारी दिदै मेकअपमा एनिमल कठोरता छैन । किनकी मेकअप बनाउदा एनिमलमा टेस्ट गरेको हुन्छ ।’ नोट : ब्राकेटमा रहेको केही शब्दहरु सच्याइएको )
एनवाईएक्सको कस्मेटिक सामानहरु एक्सप्रेस नेपालले दरबार मार्ग स्थित राईजिङ मलमा आधिकारीक रुपमा खुद्रा बिक्री वितरण सुरु गरेको छ । सन् १९९९ मा सुरुवात गरिएको कस्मेटिक अहिले विश्वका ७० भन्दा बढी देशहरुमा २ हजार भन्दा बढी विभिन्न किसिमका प्रोडक्टहरु छन् ।
कार्यक्रममा पुर्व मिस नेपालद्धय साहना बज्राचार्य र सृष्टि श्रेष्ठपनि उपस्थित थिए । त्यस्तै ‘वान वे’ की अभिनेत्री माला सुब्बापनि कार्यक्रममा उपस्थित रहेकी थिइन् ।
[gss ids=”7222,7227,7226,7225,7224,7223,7221,7220,7219,7218,7210,7209″]
प्रतिक्रिया