Bisal Chautari Logo

आर्यनले ‘होमवर्क’मा बाबु र छोराको दोहोरो भूमिका निभाउदै

- २ पुष २०७१, बुधबार १०:४० मा प्रकाशित


aaryan sigdel take ‘home work’ in the dual roles of father and son
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २, बुधबार । अभिनेता आर्यन सिक्देलको ब्यास्तता अहिले नेपाली चलचित्र क्षेत्रमा धेरै बढेको छ । क्रमैसंग उनैका सिनेमा हलमा रिलिज भइरहेको बेला हिजो मात्र गोपीकृष्ण मुभिजले घोषणा गरेको चलचित्र ‘होमवर्क’मा दोहोरो भूमिकामा देखिने भएका छन् । निरक पौडेलले निर्देशन गर्ने चलचित्रमा आर्यन बाबु र छोराको भूमिकामा देखिन लागेका हुन् । aaryan sigdel take 'home work' in the dual roles of father and son
कार्यक्रममा सिनेमाको पहिलो अनुहार सार्वजनिकसगै अभिनेता आर्यनको सिनेमा लुक्सपनि सार्वजनिक गरिएको थियो । चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ, अभिनेता विजय लामा, अभिनेत्री गौरी मल्ललगायतको अभिनय रहनेछ । सम्भवत बिहीबारबाट सुटिङका लागि फ्लोरमा जाने चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, डा. कृष्णहरि बरालको गीत, रुपक डोटेलको स्वर, कविराज गहतराजको नृत्य, शिवम अधिकारीको पटकथा र पुरुषोत्तम प्रधानको छायांकन रहनेछ । यसअघि चलचित्र ‘कुसुमे रुमाल २’बाट निर्देशनमा डेव्यु गरेका निर्देशक पौडेलले कुनै पनि काम गर्नु भन्दा अघि सही तरिकाले गृहकार्य गर्न सकेमा हरेक काम राम्रो हुने कथा चलचित्रमा प्रस्तुत गरिने बताए ।

प्रतिक्रिया