Bisal Chautari Logo

मनोजले आदर्श मानेका गायक राजेश पायलको हातबाट एल्बम विमोचन गराए (फोटो फिचर सहित)

- २९ मंसिर २०७१, सोमबार १८:०९ मा प्रकाशित


Manoj Mahato ideal known singers Rajesh Payal rai hand made album released
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, मंसिर २९, सोमबार । नेपाली साङगीतिक क्षेत्रमा पाश्र्व गायनदेखि आधुनिक गायनसम्मका भर्सस्टायल चर्चित गायक राजेशपायल राईलाई आदर्श गायकको रुपमा मान्ने हजारौ नव गायन प्रतिभाहरु होलान् । उनको हातबाट एल्बम विमोचन गराउने सपनापनि उत्तिकै हुन्छ । तर सबैको सपना साकार नहुन सक्छ । तर चितवन घर भई हाल दुबईमा बस्दै आएका नवगायक मनोज महतोले भने आफ्नो डेब्यु एल्बम ‘मिश्रण’लाई उही अदर्श मानेका गायक राजेश पायल राईकै हातबाट एल्बम विमोचन गराएका छन् । Manoj Mahato ideal known singers Rajesh Payal rai hand made album released (4)
गायक मनोजका आदर्श गायकका रुपमा रहेका राई इज किङ नामले परिचित भर्सटायल गायक राजेशपायल राईसहित संगीतकारहरु लक्ष्मण शेष, महेश खड्का, बसन्त सापकोटा र स्वयम गायक मनोजले एल्बमको संयुक्त रुपमा सोमबार काठमाडौमा विमोचन गरे ।
कार्यक्रममा मनोजले ब्रेन ट्युमरको उपचार गरेर घरैमा आराम गरिरहेका पत्रकार तथा गीतकार सूर्यचन्द्र क्षेत्रीलाई दश हजार रुपैंया आथिर्क सहयोग गरेका थिए । उनले उक्त रकम बराबरको चेक आफ्ना आदर्श मानेका गायक राजेश पायल राईको हातबाट संगीतकार लक्ष्मण शेषलाई हस्तान्तरण गराएका थिए । Manoj Mahato ideal known singers Rajesh Payal rai hand made album released (15)
त्यस्तै कार्यक्रमको प्रमुख अतिथी समेत रहेका गायक राजेश पायलले कार्यक्रममा मनोजको एल्बम र उनलाई बधाई दिदै टिक्ने गायक बन्नका लागी प्यासनको अती आवश्यक हुने बताए । भने–‘यहा धेरै नव गायकहरु धेरै केटी फ्यान होस् भनेर आउने गरेको देख्छु । रातारात हिट हुने चाहनाले बिना प्यासन नव गायकहरु आइरहेका हुन्छन् ।’ त्यस्तै गायक राजेश पायलले थपे‘मेरो आसिर्वादले मनोज मात्र होइन मनोज जस्तै नेपाली संगीतमा केही गरौ भन्ने भावना भएका नव गायकहरुका लागी मेरो आसिर्वाद छ ।’Manoj Mahato ideal known singers Rajesh Payal rai hand made album released (7)
त्यस्तै कार्यक्रममा अहिलेका अतिनै ब्यास्त संगीतकार बसन्त सापकोटाले मनोजलाई एल्बम ल्याएकोमा बधाई दिदै एल्बम र उनको साङगीतिक करियरमा बोलेका थिए । गायक राजेश पायल राईको ठुलो फ्यान भनेर आफुले उनको कपालको गेटअपबाटै थाहा पाएको सापकोटाले बताए । सापकोटाले मनोजलाई राम्रो गायक बन्न अझै पनि मेहनत गर्नुपर्ने सुझाव दिए । अझ धेरै प्रयास गरे प्लेब्याक गायनमा मनोजको स्वर सम्भावना रहेकोपनि बताए ।
एता विमोचन समारोहमा बोल्दै गायक मनोजले राजेशपायलसंग बच्चैदेखी फोटो खिचाउने सपना आज एल्बम विमोचनको बाहानामा पुरा भएको बताए । उनले आफु एकदिन राजेशपायल जस्तै गायन क्षेत्रमा सफल हुने आत्मविश्वास सबैलाई बताए ।
२०५९ सालमा मैथिली गीत गाएर सांगीतिक करियर शुरु गरेका महतोले ‘जंगल लभ’, ‘मेरो मान्छे’ र ‘थुक्क साला जिन्दगी’लगायतका चलचित्रमा पनि पाश्र्व गायन गरेका छन् । उनको एल्बममा ‘चोली ल्याउछु’, ‘नक्कली रैछौ’, ‘के सोचेको’, ‘तिमी मेरो’, ‘अप्ठ्यारो बाटो’, ‘तिम्रो जवानीको’ र ‘स्वर्ग भन्दा सुन्दर’ बोलका गीत छन् । गीतमा साजन शाह, लेखु सहयात्री, कुमार विवाहित, शितल कादिम्बीनी, अर्जुन अन्यौल र बजरंग तिवारीको शब्द छ भने साजन शाह, बसन्त सापकोटा, राज सागर र मनोजकै संगीत रहेको छ । कार्यक्रममा एल्बम विमोचन संगै ४ वटा म्युजिक भिडियोपनि सार्वजनिक गरिएको छ ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”7091,7095,7094,7093,7092,7090,7089,7088,7087,7086,7085,7084,7083,7081,7080″]

प्रतिक्रिया