Bisal Chautari Logo

‘हे राम’ निर्देशन गर्दै सबिर

- १६ मंसिर २०७०, आईतवार ११:३० मा प्रकाशित


काठमाडौ : निर्देशक सबिर श्रेष्ठको पछिल्लो चलचित्रलाई काइट्स इन्टरटेनमेन्टले निर्माण गर्ने भएको छ । चलचित्र ‘हे राम’ निर्माण गर्न लागिएको निर्देशक श्रेष्ठले बताएका छन् । आफ्नै निर्देशन रहने चलचित्रको हाल स्कृप्ट शिवम अधिकारीले लेखिरहेका बताएका छन् ।
वैशाखबाट फ्लोर जाने बताइएको चलचित्रका कलाकार भने फाइनल भई नसकेको चलचित्रका निर्देशक श्रेष्ठले बताएका छन् । निर्देशक तथा निर्माता श्रेष्ठले कलाकारको खोजी भैरहेको बताएका छन् । चलचित्रको संगित भने बसन्त सापकोटाले गरिरहेका छन् । चलचित्र ‘हे राम’ पूर्ण रुपमा कमसिर्यल चलचित्र हुने सबिरले बताएका छन् । यसअघि सबिरले चलचित्र ‘रेड वाइन’ निर्माण गर्ने घोषणा गरेका थिए । तर रेड वाइन फरक विषय वस्तुमा आधारित चलचित्र भएकाले अहिले सो चलचित्र नगरी अहिले कर्मसियल चलचित्रकै बजार राम्रो भएकाले ‘हे राम’ निर्माण गरेको बताए । अभिनेत्री रेखा थापाको चलचित्र ‘कस्ले चोर्‍यो मेरो मन’बाट निर्देशनमा डेव्यु गरेका निर्देशक श्रेष्ठ पछिल्लो समय निकै व्यस्त निर्देशक मध्ये पर्छन् । रेखा थापाकै चलचित्र ‘काली’ ‘आधि बाटो’ पोष्टप्रोडक्सनमा छ भने रेखा थापाकै अर्को चलचित्र ‘कमला’को पनि सबिरले नै निर्देशन गर्ने बुझिएको छ ।

प्रतिक्रिया