parbati rai and sarala rai Byakul Mail Gold Cup 2071 music live concert
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
दूधकोसी किनार (ओखलढुंगा), २०७१, मंसिर २४, बुधबार । दुधकोसी किनारमा दर्शक नचाउने कुरा धेरैलाई अच्चम लाग्न सक्छ । तर ओखलढुंगाको हिलेपानी दोधकोसी किनारमा भने यस्तै भएको छ । हिलेपानी गाउका बुढापाकादेखी तन्नेरी हुदै बालबालिकाको जमघट अत्यन्त हेर्न लायक थियो ।
गाउमा काठमाडौबाट आउने चर्चित गायिकाहरु पार्वती राई र सरला राईको प्रस्तुती हेर्न आइपुगेका थिए । दुधकोसीको सिरसिर चिसो हावालाई च्यालेञ्ज गर्दै कन्र्सट करिव ८ देखी ९ बजेको बिचमा सुरु भएको थियो ।
सन्दर्भ भने व्याकुल माइला गोल्ड (फुटबल) कपको चौथो संस्करण उद्घाटनको रहेको थियो । फुटबल खेल सकिदै गर्दा बिस्तारै जेनरेटरबाट बिजुली बत्ती बल्यो । कार्यक्रमको स्टेज बनाउन स्थानिय युवाहरु अग्रसर रहे ।
करिव १२ बज्नै लाग्दा होला उपस्थित दर्शकहरुको पर्खाइको रहेको दुई गायिकादय पार्वती र सरलाको पालो आयो । उनीहरु दुबैजना किराती भेषमा ‘चोमोलुङमा मुनि’ र ‘पुर्खाले भनी गएथे’ बोलको गीत गाउदै स्टेजमा उत्रिए । दर्शकदिर्घाबाट स्वागत स्वरुप तालीको गडगडाहट निरन्तर आइरर्यो । यी दुई जोडीको सामुहिक प्रस्तुतीपछि ‘तिम्रो माया अन्तै छ रे’ गाईन्, सरलाले । दर्शकहरुको वान्समोरलाई बुझ्दै सरलाले फेरी अर्को चर्चित गीत गाइन्, ‘आकाशैमा’ । यो गीतमा दर्शकदिर्घामा रहेका बुढापाकादेखी युवायुवतीहरुसम्म स्टेजमै आएर गायिका सरलासंगै गाउदै नाचे ।
उता अन्तिम प्रस्तुतीका लागी पार्वतीले ‘मेरो देवता’बाट गाउन सुरु गरिन् । सरलालाई जस्तै पार्वतीलाईपनि दशर्कदिर्घाबाट वान्समोरको तालि आउन थाल्यो । दर्शकहरु यो गीत सकिने बित्तिकै ‘खोटाङ हलेसी..’ बोलको गीत गाउन नछुटाउन पार्वतिलाई एकैस्वरमा भन्न थाले । दर्शकहरुको पछाडी पार्वतिको मन के सेलाउथ्यो, अझ जोसका साथ ‘खोटाङ हलेसी’ गाउन थालिन् ।
कमेडी सिरियल मेरीबास्सैका ‘सभामुख’ उपनामले परिचित अर्थात् लोकगायक कल्याण राईले ‘माघ ८ पछि पनि संविधान बन्छ’ भन्ने सन्देश सहित आफ्ना गीतहरु दर्शकहरु मझ गाए । उता मोरङको बेलबारीका कलाकार श्याम गौतमले हसाउदै गीत गाए ।
उता मोडल तथा डान्सर चादनी राई छमछमी नाच्दै धेरै युवाहरुलाई नचाउन सफल रहिन् । अनि रिमिक्स गीतमा चादनीको चमकले दर्शकदिर्घामा रहेका इन्द्र तामाङको नाचको तारिफपनि भयो । केही समय अगाडी एल्बम ल्याएर निकै चर्चामा रहेका गायक अशोककुमार प्यासीले ‘माया र पिरतीमा हर गल्ती माफी हुन्छ..’ र रातो भाले..’ गाउदा दर्शकहरु स्टेजमै आएर उफ्रिउफ्रि नाचेका थिए । त्यस्तै अर्का स्थानीय समेत रहेका गायक बुद्ध राईले ‘ज्यू ज्यू..’ र ‘तिम्रो मायामा..’बोलको गीतहरु क्रमश सुनाए । संगीता राई, सुजन राई, आइन्द्र राई, विजय राई, सिमुन राई समेतले प्रतिभा प्रदर्शन गरेका थिए । सामूहिक साकेला सिलीबाट सुरु भएको कन्सर्टमा महादेवस्थान माविका विद्यार्थीहरुले ड्रिल डान्स प्रस्तुत गरेका थिए ।
[gss ids=”6997,6985,6984,6988,6991,6982,6987,6996,6986,6995,6994,6993,6992,7001,7000,6999,6998″]
प्रतिक्रिया