Bisal Chautari Logo

गरिमा र दीक्पालले ‘रंग बैजनी’ को विशेष शोमा कस्तो प्रतिकृया पाए ? (फोटो फिचर)

- १९ मंसिर २०७१, शुक्रबार १७:५७ मा प्रकाशित


Garima Panta and Dikpal Karki nepali Movie Rang Baijani
विशाल चौतारी समाचार 
तस्बिर : विशाल राई
काठमाडौं, २०७१, मंसिर १९ शुक्रबार । आज शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘रंंग बैजनी’लाई सिनेमाका कलाकार सहित रंग पत्रकारले हेरेका छन् । चलचित्र निर्माण युनिटले आज काठमाण्डौको बीग सिनेमामा यसको विशेष शोको आयोजना गरेको थियो ।Garima Panta and Dikpal Karki nepali Movie Rang Baijani (1)
Garima Panta and Dikpal Karki nepali Movie Rang Baijani (3)१२ बर्षपछि निर्देशक शम्भु प्रधानले निर्देशन गरेको यो चलचित्रलाई हेर्न निर्देशक प्रधान सहित निर्माता तथा लेखिका नुतन प्रधान, अभिनेत्री गरिमा पन्त र नव–अभिनेता दीक्पाल कार्की उपस्थिती रहेका थिए । उता चलचित्र हेर्न रंग पत्रकारहरुको बाक्लै उपस्थिती रहेको थियो ।
चलचित्र हेरेपछि सिनेमाकी अभिनेत्री गरिमा पन्त केही उत्साहित देखिइन् । उता मोड्लिङमा चर्चा कमाएका मोडल तथा नव–अभिनेता दीक्पाल कार्कीले चलचित्रबाट राम्रो प्रतिक्रिया पाएको बताए । भने–‘ सिनेमा हेरीसकेपछी मलाई आज धेरै ठाउबाट फोन र फेसबुकमा म्यासेज आएको छ । सिनेमा हेरेपछी बधाई दिने फ्यान बढेको छ ।’ उता चलचित्रकी अर्की अभिनेत्री सुमिना घिमिरे भने सिनेमाका अन्य कार्यक्रममा जस्तै विशेष शोमा पनि उपस्थित भइनन् ।
१२ बर्षपछि निर्देशक शम्भु प्रधानले चलचित्र श्रीमती र प्रेमिकाको विचमा घुमेको एक पुरुषको कथामा चलचित्र बगाएका छन् । उता चलचित्र हेरीसकेपछी रंग पत्रकारहरुले सिनेमा समग्रमा राम्रो बनेको बताउदै सिनेमामा प्रस्तुती भने लामो भएको तर्क दिए ।Garima Panta and Dikpal Karki nepali Movie Rang Baijani (2)
सिनेमामा निर्देशक शम्भुका छोरा सशांक प्रधानको भने छायाकनको चर्चा भयो । यही चलचित्रबाट छायांकार बनेका सशांकले सिनेमामा आफुले अध्ययन गरेको सम्पुर्ण ज्ञान खर्चिएको पनि बताए ।

Garima Panta and Dikpal Karki nepali Movie Rang Baijani

Garima Panta and Dikpal Karki nepali Movie Rang Baijani received respond to the special premiere ?
Garima Panta and Dikpal Karki Movie Rang Baijani shambhu pradhan and Nutan Pradhan Movie Rang Baijani Sumina Ghimire Singer : Deep Pradhan/Shital Moktan Musician : Deep Pradhan Lyrics : Nutan Pradhan Rights for this video for YouTube Platform is with Music Nepal; provided by Nutan Teli Films.

प्रतिक्रिया