Bisal Chautari Logo

रजनिले आर्यनलाई बच्चैदेखीको फ्यान हु भनेपछि……

- १८ मंसिर २०७०, मंगलवार १२:२७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ १८ मंसिर । मंसिर २१ गते अर्थात आउदो शुक्रवारबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘लोफर’को एक पत्रकार भेटघाट कार्यक्रम मंगलबार काठमाडौमा आयोजना गरिएको थियो । छविराज पोडक्शनमा बनेको चलचित्र ‘लोफर’ शुक्रबारबाट देशभरका १०० हलमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । पहिलो चोटि एकैसाथ १०० हलहरुमा नेपाली चलचित्र लाग्न लागेको कार्यक्रममा वितरक प्रदिप उदयले बताए । यसैले पनि यतिबेला निर्माता छविराज ओझा चलचित्रको जतिसक्दो प्रचार–प्रसारमा लालिरहेका छन् । पत्रकार सम्मेलनमा चलचित्रको प्रोमो र गीत सार्वजनिक गरिएको थियो ।
तर कार्यक्रममा नव अभिनेत्री रजनी केसीको मन्तव्यले भने अभिनेता आर्यन सिक्देललाई केहि बुढो भएको महसुस गराईदियो । यसै तँ ग्ल्यामर क्षेत्रमा आवद्ध व्यक्तिहरु आफ्नो उमेर बारे बोल्नु नपरे हुन्थ्यो जस्तो सोच्छन् । उनीहरुको एउटै चाहना जहिल्यै जवान देखिने हुने गर्दछ । चलचित्र ‘लोफर’को प्रेसकन्फ्रेन्स समारोहमा नव अभिनेत्री रजनीले दिएको मन्तव्यले अभिनेता आर्यनलाई मात्र होईन, निर्माता छविलाईपनि कुनै बच्चालाई चलचित्रमा लिएको आरोप लाग्यो । चलचित्रकी सोलो अभिनेत्री भएकीले रजनीलाई ‘लोफर’मा निभाएको भूमिका बारे बोल्न लगाईएको थियो । तर माइक समाउँदै रजनीले विग ब्यानरबाट चलचित्रमा आफ्नो डेव्यु भएकोमा खुसी व्यक्त गरिन् । कार्यक्रममा उनको खुसिले सिमा नै नाघ्ने गरी अभिनेता आर्यन सिग्देलसँग काम गर्न पाउनु खुसीको कुरा रहेको बताउदै भनिन् ‘ आर्यन सिग्देलको म बच्चैदेखिको फ्यान हुँ ।’ अभिनेत्री रजनीको यस्तो अभिव्याक्ति सुनेपछि कार्यक्रममा निर्माता छविराजलाई कुनै बच्चीलाई चलचित्रमा उठाएर लगाएको आरोप लाग्यो । बच्ची फ्यानले फिल्म खेल्दा आर्यन चाहिं कति वर्षका भए त ? कार्यक्रममा प्रश्न उब्जियो । फेरी अभिनेता आर्यन नेपाली चलचित्र क्षेत्रमा भित्रिएकोपनि त्यस्तै ६–७ वर्ष मात्र भयो । अभिनेत्री रजनीले सो वाक्य टुङग्याउन नपाउँदै कार्यक्रम हलमा उपस्थित भएका सहभागी बिच हाँसो चल्यो । अभिनेता आर्यनपनि मुस्कुराए मात्रै । अभिनेत्रीको सो कुराबारेमा बोल्दै अभिनेता आर्यनले पनि रजनी बच्चै भएकाले निर्देशक, निर्माताले चलचित्रमा आफूसँग ननचाएको प्रतिक्रिया दिएका थिए ।
भान्टा एक प्रतिष्ठित व्याक्ति बन्न चाहदा चाहदैपनि बाध्यतावश खराव व्याक्ति बन्न पुग्छ । समाजमा बस्ने कस्ता व्याक्तिलई लोफर भन्ने र कस्तालाई असल भन्ने प्रश्न भान्टाले खडा गरेको छ । बाच्नको लागि गरेको भान्टाको संर्घसलाई नै लोफरको मुख्य कथा बनाईएको कार्यक्रममा बताईएको थियो । सो भान्टाको क्यारेक्टर अभिनेता दयाहाङ राईले निभाएका छन् ।
नब निर्देशक आदित्य विक्रम लम्सालले निर्देशन गरेको चलचित्र लोफरमा अभिनेता आर्यन सिक्देललाई निर्माता छविराजले चलचित्र ‘किस्मत’ र कस्ले चोर्‍यो मेरो मन’पछि यहि चलचित्र ‘लोफर’बाट पुन लिएका हुन् । यति मात्र होईन चलचित्रमा अभिनेत्री रेखा थापालाई छाडेर निर्माता छविले रजनी केसीलाई भित्राएका कारण चलचित्रको चर्चा सुरुताका देखिकै थियो । कमलमणि नेपाल, सुशिलराज पाण्डे, कमल कृष्ण पौडेल, ध्रुव कोइराला, अमित श्रेष्ठ, सरोज बखुरेलको साथमा नव कलाकारहरु सागर लम्साल र अनुपम शर्माको पनि अभिनय रहेको छ । यो चलचित्रमा सोनाल कृष्ण सापकोटा, आदित्य बिक्रम लम्साल र बाबु प्रधानले संगीत भरेका छन् । चलचित्रमा चन्द्र पन्तको दन्द्ध, कविराज गहतराजको नृत्य, मदनकाश्यप घिमिरेको छायांकन, तारा थापाको सम्पादन छ ।

प्रतिक्रिया