Bisal Chautari Logo

२ वर्षमा रेखा थापाको फेसबुक पेजमा ११ लाख बढी फ्यान || फेसबुकमा नेपालकै सबैभन्दा बढी लाईक

- १७ मंसिर २०७१, बुधबार ०७:१३ मा प्रकाशित


11 million more than Rekha Thapa Facebook fan page (2)11 million more than Rekha Thapa Facebook fan page
विशाल चौतारी समाचार 
काठमाडौं, २०७१, मंसिर १७ बुधबार । अभिनेत्री रेखा थापा आजभन्दा १४ वर्ष अगाडी नेपाली चलचित्र क्षेत्रमा चलचित्र ‘हिरो’ मार्फत डेब्यु गरेकी थिइन् । सोही अभिनेत्री रेखा थापालाई अहिले फेसबुकमा फलो गर्ने दर्शकहरुको संख्या ११ लाख भन्दाबढी भएको छ । अभिनेत्री थापाको लाईक नेपाली सेलीब्रेटिहरुमा बढी रहेको छ । 11 million more than Rekha Thapa Facebook fan page (3)
सन् २०१२ मार्च २४ तारिकको दिन फेसबुक फ्यानपेज खोलेकी थापाको ११ लाख लाईक सन् २०१४ नाभेम्बरमा पुगेको थियो । सन् २०१४ डिसेम्बर ३ तारिकको दिन अभिनेत्री थापाको फेसबुकमा लाईक गर्नेको संख्या १,११३,६५९ पुगेको छ । अभिनेत्री थापाले आफ्नो फेसबुक फ्यान पेज खोलेपछी पहिलो पोष्ट कलेक्सन अफ अल फोटोज लेखेर रेखा थापा डटनेटको लिंक सियर गरेकी थिइन् । जुन पोष्टलाई उनका फ्यानहरुले १७४ जनाले लाईक गरेका छन्, भने १२ जनाले कमेन्ट र २ सियर भएको छ ।
अहिले अभिनेत्री रेखा थापाको फेसबुक फ्यान पेजमा एक पोष्टको लाईक २० हजारदेखी १ लाखसम्म पुग्ने गरेको छ । उता कमेन्ट ५०० सयदखी २० हजारसम्म पुग्ने गरेको छ । पोष्ट गरिएका सबै उनका फ्यानहरुले सियरपनि उत्तिकै गर्ने गरेका छन् ।11 million more than Rekha Thapa Facebook fan page (1)

11 million more than Rekha Thapa Facebook fan page
rekha thapa Facebook Like most of Nepal.

Comment Here

प्रतिक्रिया