Bisal Chautari Logo

डिआईजी बने शम्भुजित

- २० मंसिर २०७०, बिहीबार १६:४१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, २० मंसिर ।
नेपाली साङ्गितिक क्षेत्रको पाश्र्व गायनमा गायक शम्भुजित बास्कोटा गायनमा मात्र होईन, संगितकारको रुपमापनि चर्चित र सफल रहेका छन् । तर यि गायक तथा संगितकार बास्कोटाले नेपाली चलचित्रमै अभिनयपनि गरेका छन् ।
गायक तथा संगितकार शम्भूजीत बास्कोटाले आजभन्दा दुई दशक अघि प्रकाश थापाद्धरा निर्देशित चलचित्र ‘सिन्दूर’ सानो रोलमा अभिनय गरेका थिए । पछिल्लो समयमापनि गायक बास्कोटाले प्रकाश थापाकै निर्देशनमा रहेको चलचित्र  ‘जीवनरेखा’मा अभिनय गरेका थिए । अभिनेता शिव श्रेष्ठ र मिनाक्षी आनान्दसँग देखिएका बास्कोटा चलचित्रमा एक विक्षिप्त कविको भूमिका निभाएका थिए ।  तर गायक तथा संगीतकार बास्कोटाले निर्देशक आकाश अधिकारीद्धरा निर्देशित चलचित्र ‘कोहिनूर’मा अभिनय गरेका छन् । चलचित्रका मुख्य कलाकारहरु अभिनेता श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का हुन् । चलचित्र ‘कोहिनूर’मा संगीतकार बास्कोटा डिआइजीको रोलमा देखिएका छन् । निर्देशक प्रकाश थापापछि निर्देशक आकाश अधिकारी शम्भूजीतलाई मनपर्ने निर्देशकपनि रहेको बताएका छन् । त्यसैले चलचित्र ‘कोहिनूर’मा निर्देशक अधिकारीको आग्रहलाई स्विकार गर्दै चलचित्रमा डिआइजीको रोल निभाएको बताएका छन् । डिआईजिको रोलसंगै संगितकार बास्कोटा चलचित्र ‘कोहिनूर’को संगीतकार पनि रहेका छन् । स्कूलमा अध्ययन गर्दाताका देखि नै नाटकमा खेलिरहने बताउने संगीतकार बास्कोटाले अबको समयमा चलचित्रहरुमा प्रस्ताव आएमा चलचित्रहरु गर्ने बताए ।

प्रतिक्रिया