Bisal Chautari Logo

‘हाँसिया’मा प्रियंकाको आईटम

- २२ मंसिर २०७०, शनिबार ११:०४ मा प्रकाशित


काठमाडौ, २० मंसिर । पछिल्लो समयमा राम्रो अभिनय संगै राम्रो व्याक्तित्व भएको अभिनेत्रीको रुपमा परिचित अभिनेत्री प्रियंका कार्कीले चलचित्रमा आइटम डान्स गर्ने भएकी छिन् । चलचित्र क्षेत्रमा डेब्यु गरेको छोटो समयमौ आधा दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरेर प्रसंसा पाएकी अभिनेत्री प्रियंकाले चलचित्र हँसियामा आईटम डान्स गर्ने भएकि हुन् ।
केहि वर्ष अगाडि चलचित्र ‘मिसन पैसा रिलोडेड’मा आइटम डान्स गरेकी अभिनेत्री  प्रियंकाले चलचित्र ‘हँसिया’को आइटम डान्स बबाल हुने बताएकि छिन् । आईटम डान्समा अभिनेत्री प्रियंकासँगै चलचित्रकी मुख्य अभिनेत्री हेमा श्रेष्ठलेपनि आईटम डान्स गर्ने भएकि छिन् । आइटम डान्सका लागि अभिनेत्री प्रियंका र हेमा पछिल्लो समयकि चचिर्त सुन्दरी करियोग्राफर रेनशा राईले रिहर्सल गराईरहेका छन् ।
मिलन चाम्स द्धरा निर्देशित चलचित्रमा यस आईटम डान्सलाई १० लाख भन्दा बढी खर्च गरेर उत्कृष्ठ बनाउने निर्देशकले बताएका छन् । आउँदो साता बालाजुस्थित एनएफडिसीको सुटिङ सेटमा अभिनेत्री प्रियंका र हेमाको आइटम डान्सलाई खिचिने बताइएको छ । निलम आङबुहाङ राईको शब्द तथा कल्याण सिंहको संगीत रहेको आइटम गीतमा शिवानी मोक्तानको स्वर रहेको छ । दुर्गा घलेले निर्माण गरेको चलचित्र ‘हँसियामा’ अभिनेत्री हेमासंगै महा अभिनेता राजेश हमाल र अनुप बिक्रम शाहीको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया