Bisal Chautari Logo

मिस अर्थको उत्कृष्ट १६ बाट रोजिशा बाहिरिइन्

- २२ मंसिर २०७०, शनिबार १५:२७ मा प्रकाशित


फिलिपिन्सको मनिलामा भइरहेको मिस अर्थ २०१३ को अन्तिम प्रतियोगितामा रोजिशा शाही बाहिरीएका छन् । नेपालको प्रतिनिधित्व गरिरहेकी रोजिशा शाही उत्कृष्ट १६ मै नपरी बाहिरिएकी छिन् ।
ललितपुर निवासी २० वषिर्य रोजिशाले मिस नेपाल २०१३ मा फस्ट रनर्सअपको उपाधि जितेपछि मिस अर्थ २०१३ मा नेपालका तर्फबाट सहभागिता जनाउने अवसर पाएकी थिईन् । यसअघि उनले लङ गाउनमा सिल्भर र टास्क वर्कमा गोल्ड मेडल हात पारेकी थिइन । रोजिशाले यी दुई अवार्डमै चित्त बुझाउनुपर्ने भएको छ । उत्कृष्ट १६ मा फिलिपिन्स, अष्ट्रिया, टर्की, दक्षिण कोरिया, चिलि, मेक्सिको, फ्रन्स, मोरिसस, थाइल्याण्ड, स्पेन, पोल्याण्ड, अमेरिका, दक्षिण अफ्रिका, भेनेजुएला, सबिर्या र चीनका सुन्दरी उत्कृष्ट १६ मा पर्न सफल भएका छन् ।
विश्वव्यापी रुपमा वातावरण संरक्षण अभियानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सुन्दरीको खोजीमा सञ्चालन हुँदै आएको मिस अर्थको यस पटकको संस्करणमा नेपाललगायत विश्वका ८० वटा मुलुकको सहभागिता रहेको थियो ।

 
                              watch this video                      

प्रतिक्रिया