Bisal Chautari Logo

खोटाङमा तास खेलाडीबाट रकम असुल्ने प्रहरी हवल्दारको जागिर गयो

- १४ मंसिर २०७१, आईतवार १५:२६ मा प्रकाशित


KHOTANG payment be the amount in the Taas player is police Head constable went to the job
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, मंसिर १४ आइतबार । तास खेलाडीबाट रकम असुल्ने प्रहरी हवल्दारलाई जागिरबाट हटाइएको छ । तास खेल्दै गरेका युवाहरुबाट नगद दुई हजार पाच सय रुपैया असुल्ने सुनसरी घर भइ तत्कालीन अवस्थामा जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरी हवल्दार बौवालाल यादवलाई जागिरबाट हटाइएको हो ।KHOTANG payment be the amount in the Taas player is police Head constable went to the job
यादवले नेपाल प्रहरीको मर्यादा बिपरित काम गरेकाले उनलाई जागिरबाटै हटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताए । खरेलले भने, ‘उनीसगै ड्युटिमा रहेका प्रहरी जवानहरु लक्ष्मण राई, हेटबहादुर तामाङ र भुवनकुमार थापा बिभागीय कारबाहीमा छन् ।’
उनीहरुले गत असोज–२८ गते साझ सदरमुकाम दिक्तेलस्थित पुरानो बेसक्याम्पमा तास खेल्दै गरेका युवाहरुबाट रकम असुलेका थिए । तास खेल्नमा संलग्न नेत्रबहादुर कटवालका अनुसार उनीहरुले शारीरिक तथा मानसिक यातना दिदै तीन लाख रुपैया मागेकामा दुई हजार पाच सय रुपैया असुलेका थिए ।
रकम असुलेपछि उनीहरुले कसैलाई नभन्नु भनेर कागज समेत गराएको कटवालको भनाइ छ । कटवाल भन्छन्, ‘कारबाही नै भोक्नुपर्छ भने, कार्यालयमा लानुस् भन्दा समेत नमानी जबरजस्ती दुई हजार पाच सय रुपैया यादवले गोजीबाटै जबरजस्ती झिकेर लगेका थिए ।’
पसलमा ढोका थुनेर तास खेलेको थाहा पाएपछि प्रहरीले ढोका फोरेर उनीहरुलाई नियन्त्रणमा लिएको कटवालको भनाइ छ । स्थानीयका अनुसार सोही ढोकाको आग्लोले तास खेल्नमा संलग्नलाई प्रहरीले कुटपिट समेत गरेका थिए ।
कटवालकै किराना पसलमा भएको घटनापछि उनीहरुले एक दर्जन रेडबुल र तीन झोला बिस्कुट समेत खाइदिएका थिए । घटनापछि पीडितले दिएको उजुरीको आधारमा यादव सहित चारै जनालाई हिरासतमा राखेर कारबाही थालिएको थियो । (साभार : हाम्रो खोटाङ डटकम)

प्रतिक्रिया