Bisal Chautari Logo

सुख:दुखमै अलबिदा भए निर्देशक शिव रेग्मि

- २४ मंसिर २०७०, सोमबार १६:१० मा प्रकाशित


-विशाल राई
काठमाडौ, २४ मंसिर । नेपालि चलचित्र क्षेत्रका वरिष्ठ निर्देशक शिव रेग्मी सोमवार बिहान करिव ५:३० बजे सदाका लागि अलविदा भएका छन् । करिब ६ महिना देखी मृगौलाको समस्याका कारण उपचारमा रहेका वरिष्ठ चलचित्र निर्देशक रेग्मिको काठमाण्डौ बल्खु स्थित बयोधा अस्पातलमा निधन भएको हो ।
४९ वर्षको उमेरमै यस संसारलाई छाडेर गएका निर्देशक रेग्मीलाई श्रद्धाञ्जली दिन अस्पताल बयोधा परिसरमा पुगेका चलचित्रकर्मीहरु भने कमै देखिएका थिए । लामो समयदेखी मृगौलाको रोगबाट पीडित भएर ओच्छयानमै रहेका निर्देशक रेग्मीले नेपाली दर्शकमाझ आफ्ना चलचित्रबाट अमिट छाप छोड्न सफल रहेका थिए । वरिष्ट निर्देशक रेग्मीको निधनले नेपाली चलचित्र क्षेत्रका दर्शक तथा फ्यानहरुलाई पनि भावविहील नै बनाएको छ ।
नेपाली चलचित्र क्षेत्रमा ‘आफन्त’ चलचित्रबाट निर्देशन गर्न सुरुवात गरेका वरिष्ट चलचित्र निर्देशक रेग्मिको जन्म वि.सं २०२१ सालमा चितवनमा भएको थियो । ४९ वर्षमा करिब २१ बर्ष नेपाली चलचित्र क्षेत्रलाई योगदान दिएका वरिष्ट चलचित्र निर्देशकको निर्देशन भने चलचित्रबाट सुरुवात भएको थिएन । सफल चलचित्र निर्देशन गर्ने उद्देश्यले यात्राको दौरानमा थुप्रै किसिमका कामहरुपनि गरेका थिए निर्देशक रेग्मिले । वरिष्ट निर्देशक रेग्मिले निर्देशकनको काम नाटकबाट सुरुवात गरेका थिए । निर्देशक रेग्मिले चितवनको नारायणी कला मन्दिरबाट ‘स्वेशभित्र हराएको नागरिक’ नामक नाटकबाट आफ्नो कला यात्राको सुरुवात गरेका थिए । सो नाटक राम्रो बनेकाले उत्कृष्ट लेखक विधामा राष्ट्रिय अवार्ड पनि सोहि समयमै जितेका थिए । चलचित्र ‘प्रेम पूजा’को कथा लेखेनबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका निर्देशक रेग्मीले चलचित्र ‘मोहनी’को समेत कथा लेखेर चर्चा पाएका थिए ।
थुप्रै चलचित्रहरुको कथा लेखेपछि वरिष्ट निर्देशक रेग्मिले पहिलो पटक चलचित्र ‘आफन्त’ निर्देशन गरेका थिए । पहिलो चलचित्रबाटै सफल भएपछि निर्देशक रेग्मीलाई कहिले पछाडी फर्केर हेर्नु परेन । चलचित्र ‘आफन्त’ दर्शकहरुले मनपराएपछि रेग्मिले चलचित्र ‘आफ्नो मान्छे’, ‘ए मेरो हजुर’, सुख:दुख’, ‘हामी तिन भाई’, ‘कहाँ भेटिएला’ लगायत थुप्रै सफल चलचित्र निर्देशन गरेका थिए । वरिष्ट निर्देशक रेग्मीले चलचित्र ‘आफ्नो मान्छे’बाट उत्कृष्ट कथा लेखकको अवार्ड हात पारेका थिए भने चलचित्र ‘सुख:दुख’ बाट ‘वेष्ट डाईरेक्टर’को अवार्ड मिलेको थियो । त्यस्तै चलचित्र ‘मानिस’बाट पनि उनलाई ‘बेष्ट डाईरेक्टर’को अवार्ड पाएका थिए । चलचित्र ‘साथी म तिम्रो’ र ‘फूल’ले पनि निर्देशक रेग्मिको चर्चा पाएको चलचित्र थियो र सो चलचित्रले व्यापार भने राम्रो गर्न सकेन । निर्देशक रेग्मिले चलचित्र उपहार, पाहुना, मुग्लान, दुनियाँ, राम–बलराम, युद्ध, हाँसिदेऊ एक फेर लगायत चलचित्रलाईपनि निर्देशन गरेका थिए । पछिल्ले समयमा आएको चलचित्र ‘सो सिम्पल’ निर्देशक रेग्मिको प्रर्दशन भएको अन्तिम चलचित्र हो । चलचित्र क्षेत्रमा लागेर अमुल्य योगदान पुर्‍याउदै आएका  निर्देशक रेग्मिले यो घडिसम्म आईपुग्दा नेपाली चलचित्र क्षेत्रलाई अतुलनिय योगदान दिए र दिईरहेका छन् ।
वरिष्ट चलचित्र निर्देशक शिव रेग्मीको अन्तिम दाह संस्कारका लागि हिजो सोमवार १० बजे काठमान्डौबाट गृहजिल्ला चितवन शब लैजाने र सोमवार मंसिर २४ गतेको पुरै दिन नारायणी कला मन्दिरमा राख्ने बताइएको छ । निर्देशक रेग्मिद्धरा निर्देशित चलचित्र ‘पराई’ आउदो पुष २६ गते रिलिजको तयारीमा छ भने चलचित्र ‘मनले मनलाई छुन्छ’ प्रदशन हुन बाँकी रहेको छ ।
वरिष्ठ चलचित्र निर्देशक रेग्मिद्धरा निर्देशित सफल चलचित्रहरु :
१. आफन्त
२. आफ्नो मान्छे
३. ए मेरो हजुर
४. सुख:दुख
५. हामि तिन भाई
६. मुग्लान

 रेग्मीको निधनमा सुटिङ रोक्न निर्माता, प्रविधिक संघको आग्रह     
बरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको निधनप्रति शोक व्यक्त गर्दै सुटिङमा रहेका सम्पूर्ण चलचित्रलाई एक दिन सुटिङ बन्द गर्न नेपाल चलचित्र निर्माता संघ र नेपाल प्राविधिक संघले आफ्ना सदस्यहरुलाई आग्रह गरेको छन् ।
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले सुटिङमा रहेका सम्पूर्ण चलचित्रका निर्मातालाई आज १ दिन सुटिङ बन्द गर्न खबर गरिएको बताएका छन् । त्यस्तै नेपाल चलचित्र प्राविधिक संघले निर्देशक रेग्मीको निधनप्रति शोक व्यक्त गर्दै उहाँको सम्मानमा हाम्रा सम्पूर्ण प्राविधिक सदस्यलाई आज छुट्टी लिन उर्दी जारी गरेको बताएका छन् ।
                            watch this video                         

प्रतिक्रिया