lady gaga dress up ideas
विशाल चौतारी समाचार
लस एञ्जल्स, २०७१, मंसिर १२ शुक्रबार । विश्व विख्यात अमेरिकी पपगायिका लेडी गागा फेसनप्रेमीका लागि आदर्श व्यक्तित्व भए पनि उनी विवादकी पर्याय नै मानिन्छिन् । जुनसुकै स्थानमा निसंकोच बिन्दास हर्कत गर्न रुचाउछिन् उनी । उनी स्टेज प्रस्तुतिका क्रममा उत्तेजक पहिरन र अभद्र शैलीका कारण बारम्बार विवादमा पनि आउने गरेकी छन् ।
प्रस्तुतिको बहानामा भित्री वस्त्र देखाउनु, गोप्य अंगलाई पारदर्शी प्लास्टिकले मात्रै ढाकेर प्रदर्शन गर्नु, अचम्मको पोसाकमा प्रस्तुत हुनु, अनुहार र शरीरमा डरलाग्दा पेन्टिङ प्रयोग गरेर हिड्नु गागाका लागि सामान्यजस्तै भइसकेको छ । गायिका गागाको नग्न तस्बिर विभिन्न म्याग्जिनमा प्रकाशित भइसकेको छ । उनी आफैं भने यस्ता क्रियाकलाप मन नपर्ने बताउछिन् । उनमा जे छ र जे गछिनर््, त्यही मन नपर्ने अभिव्यक्ति दिने गछिनर्् अनि जे गदिर्नन् र जे छैन, त्यसैको प्रशंसा गर्ने अनौठो बानी छ ।
जस्तो सेतो छाला भएका मानिसको आलोचना गछिनर््, खाना पकाउन मन पर्ने बताउछिन् । सामान्य मानिसभन्दा भिन्न रुपमा प्रस्तुत हुनु उनको विशेषता नै हो । लेडी गागाको वास्तविक नाम स्टेफानी जोनी एन्जेलिना नरमानोटा हो । इटालियन अमेरिकी उनी सन् १९८७ मा अमेरिकामा जन्मिएकी हुन् । सधैं तेस्रोलिंगीको अधिकारका लागि आवाज उठाउने गरेकाले उनका तेस्रोलिंगी फ्यानहरु पनि संसारमा धेरै छन् । गत वर्ष रुसको मस्कोमा आयोजित कन्सर्टका क्रममा त्यहाको राष्ट्िरय झन्डाको गलत प्रयोग गरेको र तेस्रोलिंगीलाई उत्तेजित बनाएको आरोपमा अहिले गागामाथि अनुसन्धान भइरहेको बताइएको छ । एजेन्सी
प्रतिक्रिया