Bisal Chautari Logo

किम्फको दोस्रो दिन ‘लाइफ इन प्याराडाइज’

- २७ मंसिर २०७०, बिहीबार १४:१५ मा प्रकाशित


काठमाडौं : काठमाडौ पर्वतीय चलचित्र महोत्सव किम्फको दोस्रो दिनको समापन स्विस निर्देशक रोमन भाइटलको ७८ मिनेट लामो फिल्म ‘लाइफ इन प्याराडाइज’को प्रदर्शनीबाट सुरुवात गरिएको थियो । त्यस्तै सानो हलमा चाहि दोस्रो दिनको अन्तिम फिल्मको रुपमा क्यानाडेली निर्देशक विलिय ए केराइजको ‘रेडी टु फ्लाई’ देखाइएको थियो ।
बुधबार सुरु भएको महोत्सवको दोस्रो दिन बिहीबार जम्मा १२ वटा फिल्म प्रदर्शन गरियो । दोस्रो दिनको सुरुवात ‘बियोन्ड दि गेट्स अफ फु’ फिल्मबाट भएको थियो । सिन ह्वाइटले यो १८ मिनेटको फिल्म निर्देशक गरेका थिए । पहिलो दिन नेपाली फिल्मतर्फ ‘चेजिङ रेन्बोज’ चर्चामा रहेकोमा दोस्रो दिन चाहि दिनेश पाल्पालीद्वारा निर्देशित ‘बालकृष्ण सम’ फिल्मले दर्शकको प्रशंसा लुट्न सफल भयो । नेपालको पश्चिमेली परिवेशमा बनाइएको यस फिल्ममा जातीय विभेदको कथा चित्रण गरिएको छ । हिमाल एसोसियसनको आयोजनामा भइरहेको पाच दिने महोत्सवमा शुक्रबार उद्घाटनमा देखाइएको ‘चेजिङ रेन्बोज’ फेरि प्रदर्शन गरिने आयोजकले बताएको छ । त्यस्तै जापानका रेस्टुरेन्टहरुमा काम गर्ने नेपालीको कथा रहेको ‘प्लेइङ विथ नान’, तान्जानियाका अल्बाइनोहरुप्रति गरिने विभेदबारे ‘इन दि स्याडो अफ दि सन’, मंगोलियाको लोपोन्मुख मृत्युसंस्कार सम्बन्धी ‘स्काइ ब्युरियल’जस्ता फिल्म देखाइनेछ । महोत्सव आइतबारसम्म चल्नेछ ।

प्रतिक्रिया