Bisal Chautari Logo

जानकीको अब आफ्नै म्युजिक कम्पनी

- २७ मंसिर २०७०, बिहीबार १६:४५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २६ मंसिर ।
गीतकार तथा गायिका जानकी पन्थले आफ्नै म्युजिक कम्पनी सञ्चालनमा ल्याउने भएकी छन् । यसअघि बिन्ध्यबासिनी म्युजिकबाट एल्बम ल्याउदै आएकी जानकीले ‘कम्पन म्युजिक एण्ड मूभि’ दर्ता गरेकी छन् ।
उनले बुधबार आधिकारिक रुपमा कम्पनी दर्ता गरेकी हुन् । म्युजिक कम्पनी दर्ता गरेपछि जानकीले भनिन्,–‘कति अरु कम्पनीमा भर पर्ने ? त्यसैले आफ्नै कम्पनी दर्ता गरेकी हु ।’ साता दिनपछिबाट कम्पनी सञ्चालनमा ल्याउने गितकार जानकीले बताइन् । गीतकारमार्फत चर्चामा आएकी उनी पछिल्लो समय गायिकाको रुपमा समेत चिनिन थालेकी छन् । यसैबेला आफ्नै कम्पनी सञ्चालनमा ल्याउने निर्णय गरेकी हुन् । उनले बिन्ध्यबासिनीबाट ‘हल्ला चल्छ चलिरहन देउ’ लोक गीति एल्बम, ‘बबाल तिज’ तिज गीति एल्बमलगायत ‘संघार’ र ‘जित’ दुई आधुनिक एल्बम ल्याएका छन् । ‘जित’ जानकीको पछिल्लो एल्बम हो । यसै एल्बममार्फत उनले गायिकाको पहिचान बनाएकी थिईन् । तर आगामी दिनमा आफ्नै कम्पनीमार्फत एल्बम र चलचित्र निर्माण गर्ने लक्ष्य बनाएकी छन् । ‘वर्षमा दुई एल्बम र एक चलचित्र निर्माण गर्ने सोच बनाएकी छु’ उनले भनिन्, ‘सकेसम्म अब मेरै कम्पनीको प्रमोट गर्नेछु ।’ बिन्ध्यबासिनी म्युजिकका प्रबन्ध निर्देशक सुवास रेग्मीसाग ‘जानकीको सम्बन्ध चिसियो’ भन्ने हल्ला चलिरहेकै बेला उनले म्युजिक कम्पनी दर्ता गरेर काम अगापड बढाएकी हुन् । तर जानकीले भने नबिग्रेको दावी गरिन् । 
                         watch this add video

प्रतिक्रिया