Bisal Chautari Logo

‘तोरी लाहुरे‘को फस्टलुक सार्वजनिक, तोरी लाहुरे र झोलेको पोस्टर उस्तै

- २८ मंसिर २०७०, शुक्रबार ०९:५२ मा प्रकाशित


विशाल चौतारी समाचार 
काठमाडौं, २८ मंसिर । बेरोजगार युवाहरको कथामा बनेको चलचित्र ‘तोरी लाहुरे’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्र ‘तोरी लाहुरे’ का कलाकारको अनुहार प्रस्ट नदेखाईए पनि चिनाउने प्रयास गरिएको छ ।
खास कुरा यो रहेको छ की, चलचित्र ‘तोरी लाहुरे’को पोष्टर केहि दिन अगाडि नै रीलिज गरिएको चलचित्र ‘झोले’को जस्तै रहेको छ । चलचित्र ‘तोरी लाहुरे’ को पोष्टर मिल्न गएको तिनै चलचित्रको पोष्टर बाट संयोगले मिल्न गएको हो, चलचित्र निर्माताहरु नै जानुन् । लामो समयसम्म नेपाली चलचित्र क्षेत्रमा दन्द्ध निर्देशनमा सफल मानिएका एनबी महर्जनले निर्देशन गरेको यस कमेडी चलचित्र‘तोरी लाहुरे’ मा अभिनेताहरु गजित बिष्ट, सुवास थापा, अभिनेत्री अशिष्मा नकर्मी, समुना केसी, रोहित लामा लगायतको अभिनय छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तोरी लाहुरे’ लाई रिदम एण्ड दिलिप फिल्मसको ब्यानरमा दिल कुमार तामाङ र रोशिफ तामाङले निर्माण गरेका हुन् ।
watch this bisal chautari youtube video

प्रतिक्रिया