Bisal Chautari Logo

फेरी किन सर्‍यो माई प्रमिसको रिलिज मिती ?

- १० मंसिर २०७१, बुधबार ०७:१८ मा प्रकाशित


nepali movie my promise
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज १० बुधबार । यसअघि पौष ११ गते रिलिज गरिने भन्दै पब्लिसिटी थालिएको चलचित्र माई प्रमिस ले पुन रिलिज मिति परिवर्तन गरेको छ । नयाा रिलिज मितिअनुसार अब पौष १८ गते फिल्म रिलिज हुनेछ । यसअघि पौष ११ मै फिल्म रिलिज गरिने बताइएपनि बध्यात्मक परिस्थितिमा रिलिज मिति सार्नुपरेको फिल्ममा निर्माता तथा नायक रमेशचन्द्र राईले बताए । nepali movie my promise
यसअघि मंसिर ५ गते फिल्म रिलिज गरिने बताइए पनि केकी अधिकारी र विल्सनबिक्रम राईको दुई फिल्म सोहि मितिमा रिलिज हुने देखिएपछि रिलिज मिति सारिएको थियो । त्यस्तै पौष ११ मा भने पर्याप्त हल नपाउने देखिएकोले बितरकको आग्रहअनुसार फिल्मको रिलिज मिति सारिएको हो । अब पौष १८ गतेबाट भने कुनै पनि हालतमा रिलिज मिति नसार्ने पक्षमा रहेको बताउदै रमेश भन्छन बरु मर्नुपरोस अब चााही रिलिज मिति सारिन्न ।
विगतमा फिल्मको रिलिज मिति पटक पटक सार्नुमा फिल्मका निर्माताहरुबिचको आन्तरिक द्धन्द पनि मुख्य कारण रहेको रमेश बताउछन । उनका अनुसार फिल्मका अन्य निर्माताहरुको नलायकपनकै कारण भनेको समयमा फिल्म प्रदर्शन गर्न नसकिएको हो । अब भने पौष १८ गते नै फिल्म रिलिज हुने उनले प्रतिबद्धता जनाएका छन ।
टीआरएनजी प्रोडक्सनको ब्यानरमा बनेको फिल्मलाई अब्बल निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन । फिल्ममा स्वयम निर्माता रमेश चन्द्र राईको मुख्य भुमिका रहेको छ । उनका अलवा केकी अधिकारी, नरकुमार लिम्बु, विल्सन बिक्रम राई, अनुराग कुावर, मार्टिन खान लगायतको फिल्ममा अभिनय रहेको छ । फिल्मले बिदेशमा रहेको लाहुरेहरुको वास्तविक कथा बोकेको छ । फिल्मलाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिइसकेको छ ।

nepali movie my promise
a Film By Suraj Subba Nalbo
Film: My Promise
Actor: Keki Adhikari/ Wilson Bikram Rai/ Ramesh Chandra Rai/ Nar Kumar Limbu/ Anurag Kunwar/Daya Rai/ SHova Subba/ Martin Khan/ Anjana rai
Film Editor: Banish Shah
DI Colourist: Manoranjan Shrestha
Vfx: Akki
Music: Mahesh Khadka
Action Choreographer:Roshan Shrestha
Background Score: Mohit Munal
5.1 Surround Sound Mixing: DJLX
Choreograper: Gobind Rai
Cinematographer: Sanjay Lama
Producer: Tank Limbo
TNRG Production PVT

प्रतिक्रिया