Bisal Chautari Logo

छविराजले कुन–कुन अभिनेत्रीसंग मनाए ५० औ जन्मदिन ? (फोटो फिचर सहित)

- ७ मंसिर २०७१, आईतवार १५:२७ मा प्रकाशित


What actress chhabi raj ojha 50 birthday celebration with? (Including photo feature)
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर ७ आइतवार । नेपाली चलचित्र क्षेत्रमा सक्रिय भएको २५ बर्ष एवं आईतवार परेको ५०औा जन्मदिनको अवसर पारेर सबैभन्दा सफल निर्माता छविराज ओझाले आफ्नो जन्मदिनको अवसर पारेर सिल्भर जुब्ली मनाएका छन् । चलचित्र क्षेत्रका हस्ती सेलिव्रेटीहरुका उपस्थितीमा ओझाले सिल्भर जुब्लीको केक सहित बर्थ डे केक काटी किस्मत २ निर्माण गर्ने घोषणा समेत गरेका छन् । निर्माता ओझालाई बर्थ डे केक काट्न आफूले डेब्यू गराएका तीन हिरोइन पुजना प्रधान, रजनी केसी र शिल्पा पोखरेल सहित हास्यअभिनेत्री दीपाश्री निरौलाले साथ दिएका थिए । सबैभन्दा पहिला काटिएको केक चाही हास्य अभिनेत्री दिपाश्री निरौलालाई खुवाएका थिए । उनले खुवाउन भन्दा अगाडी ओझालाई दिपाश्रीले खुवाएकी थिइन् । What actress chhabi raj ojha 50 birthday celebration with (Including photo feature)
यस्तै जन्मदिनको केक काट्न चााहि वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह, निर्माता उद्धव पौडेल, प्रदीप उदय, निर्माता संघका अध्यक्ष राजकुमार राई, गीतकार किरण खरेल, वितरक गोपाल कायस्थ, निर्देशक आकाश अधिकारी तथा उज्जवल घिमिरे सहित छविका निकट निर्देशक नरेश पौडेल तथा छविको सुरुवाती करिअरमा सहयोग पुर्याउने ब्यक्ति श्याम खेतान सहित अन्य विशिष्ट चलचित्रकर्मीका साथ काटेका थिए । चलचित्र क्षेत्रमा बा भनेर चिनिने ओझाले समारोहलाई सम्बोधन गर्दै यस उद्योगमा बा नामले मात्र नभई हजुरबुवा समेत भएर चिनिने चाहना ब्यक्त गरेका छन् । भने–‘मैले अन्य चिजबाट पनि सन्तुष्ट प्राप्त गर्न खोजे तर चलचित्र निर्माणमा जस्तो सन्तुष्टी अन्त कहिलै पाईन । त्यसैले यो क्षेत्रमा म बा मात्र हैन हजुरबुवा समेत भनेर चिनिन चाहन्छु ।
छविको पहिलो पत्नी डिभोर्स सरह जीवन बिताईरहेकी छिन् भने दोश्रो पत्नी समेत रहेकी हिरोइन गीताञ्जली सुनुवारले डेढ दशक अघि आत्महत्या गरेकी थिईन् यस्तै तेश्रो पत्नीका रुपमा भित्रिएकी हिरोइन रेखा थापाले पनि उनको साथ छाडेको दुई बर्ष भईसकेको छ ।What actress chhabi raj ojha 50 birthday celebration with (Including photo feature) (9)
कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक एवं अभिनेता नीर शाहले चलचित्र २५ दिन टिक्न नसकिने उद्योगमा छविराज ओझाले २५ बर्ष बिताउनु चानचुने कुरा नरहेको तर्क गर्दै छविराज राष्टिय फिल्म उद्योगको एक अमर ब्यक्ति छविराज ओझा रहेको बताए । यस्तै चलचित्र पत्रकारहरुका तर्फबाट अध्यछ शान्तिप्रियले मोज मस्तीगर्ने सोच बोकेर आएका निर्माता भन्दा छविराज ओझा जस्ता ब्यावसायिक निर्माताहरु यो उद्योगका लागि सधै आवश्यक रहने र त्यस्ता निर्मातालाई सधै पत्रकारहरुले समर्थन र सहयोग गरिराख्ने राख्ने बताएका छन् ।
राजेश हमाल देखि लिएर, स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ, विपना थापा, रेखा थापा तथा आर्यन सिग्देल जस्ता कलाकारहरुलाई फिल्म उद्योगमा भित्राएका ओझाले निर्माण गरेको पछिल्लो फिल्म हवल्दार सुन्तली आउादो चैत्र २७ देखि प्रर्दशन हुादैछ पनि । राजेश हमालकै पहिलो फिल्म युग देखि युग सम्मबाट फिल्मी करिअर सुरु गरेका ओझाले फाईट मास्टर राजेन्द खड्गी सहित अर्की हिरोइन अरुणिमा लम्साल, हिरोतर्फ आयुष रिजाल, नविन श्रेष्ठ, सविन श्रेष्ठ र किशोर खतिवडा तथा हास्य कलाकार नारयण त्रिपाठी, निर्देशक तर्फ विश्व बस्नेत, प्रदीप श्रेष्ठ, सविर श्रेष्ठ, कमलकृष्ण पौडेल, आदित्य विक्रम लम्साल, गायक दीपक लिम्बु, फाईट मास्टर चन्द पन्त लगायत लेखक प्रकाश पुरी, फाईट डाईरेक्टर चन्द पन्त गरी अहिले चर्चामा रहेकी शिल्पा पोखरेल सम्मलाई आफ्ना फिल्मबाट डेब्यू गराएका थिए ।
यध्यपी उक्त कार्यक्रममा छविको ब्यानरबाट डेब्यू गरी सर्वाधिक सफल बन्न सकेका तीन स्टारहरु महानायक राजेश हमाल, रेखा थापा र आर्यन सिग्देलको उपस्थिती चााहि देखिएन । प्राप्त खबर अनुसार रेखाले छविलाई मोबाईल म्यासेज गरेर शुभकामना दिएकी थिईन् भने राजेश हमाल काठमाण्डू बाहिर र आर्यनको खुट्टाको अप्रेशन भएका कारण उनीहरुको उपस्थिती नरहेको हो । कार्यक्रमको दौरानमा छविराज ओझाको टिमले १८औा फिल्म किस्मत २ निर्माण गर्ने उद्घोष समेत गरेको छ । ७ बर्षअघि उज्जवल घिमिरेले निर्देशन गरेको उक्त सफल फिल्मको दोश्रो सिक्वेललाई चाहि श्याम भट्टराईले निर्देशन गर्नेछन् । किस्मतको पटकथा र सम्बाद सामिप्य तिम्लिसिनाको हुनेछ भने संगीत चााहि अर्जुन पोखरेल तयार गर्ने बताईएको छ ।

[gss ids=”6584,6586,6585,6583,6588,6587,6580,6582,6581″]

यसैबिच, छविराज प्रोडक्शनको ब्यानरमा बनेको १७औ चलचित्र ‘हवल्दार सुन्तली’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र चैत्र २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । ऋषि लामिछानेको निर्देशनमा बनेको यो चलचित्रमा शिल्पा पोखरेल, सविन श्रेष्ठ, किशोर खतिवडाको अभिनय छ ।

प्रतिक्रिया