Bisal Chautari Logo

नाई न भन्नू ल ३ बाट संचिताको खुसी कसरी फर्कियो ?

- ६ मंसिर २०७१, शनिबार ०७:५७ मा प्रकाशित


How to happy returned from Nai Nabhannu La 3 Sanchita Luitel ?
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर ६ शनिबार । अभिनेत्री संचिता लाइटेलको चार बर्षपछि उही माहोलमा फर्किदा अत्याधिक खुसी देखिएकी छिन् । माहोल उस्तै, ब्यक्ति उही तर बदलिएको प्रविधिले संचिताको मुहारमा विश्वासका पाईलाहरु अझ बढाएका पनि छन् रे । How to happy returned from nai navannu la 3 Sanchita Luitel
कुराकानी गर्दै अभिनेत्री लुइटेलले भनिन्, धेरैपछि चलचित्र माहोलमा फर्किएको छु तर चार दिन पछि सेटमा फर्किए जस्तो महसुश भएको छ अनि चलचित्र पनि राम्रो बनिरहेको विश्वास छ मलाई । नाईा न भन्नू ल ३ ईन्डक्ल्यापका बेला संचिताले प्रतिक्रिया दिएकी छिन् । हुन त उनी संसारकै सवै भन्दा ठूलो खुसी आमा बन्ने अबसरलाई समेत महशुस गरेर फिल्म उद्योगमा फर्किएकी हुन तर सन्तान प्राप्तीको खुसी पश्चात आफ्नै कर्मथलोमा फर्किदाको खुसी अलि भिन्न नै हुने उनको भनाई छ । Suraj Singh Thakuri and Sanchita Luitel nai nabhannu la 3बल्कबष्टर सिरिजको थर्ड सिक्वेलमा एउटा महत्वपूर्ण भूमिका पाएपछि संचिताले बााकीका दिनमा यो उद्योगमा अझ सक्रिय भएर लाग्ने विश्वास पनि देखाएकी छिन् । मुस्कान ढकालले निर्देशन गरेको यो थर्ड सिरिज आउादो चैत्र २७ देखि देशब्यापी प्रर्दशन हुने हुादा फिल्म रिलिजको ब्यग्र पर्खाइ प्रतिक्षा छ उनीमा ।
म त हिजो पनि प्रशंसक र आज पनि छु त्यसैले महत्वपूर्ण भूमिकामा उहाालाई हामीले खेलाएका हौ । नाईा न भन्नू ल ३ सिरिजका संरछक बिकास आचार्यको भनाई छ । बिकासले संचिता जस्तो स्मार्ट कलाकारहरुलाई अन्य फिल्ममेकरहरुले पनि विर्सन नहुने तर्क गरेका छन् ।
यस फिल्ममा संचिता उदाउदा स्टार सुरज सिंह ठकुरीको अपोजिट खेलेकी छिन् । सुरजले संचिताको अभिनय जोश हेर्दा उनी चार बर्षपछि उद्योगमा फर्किएको जस्तो नलागेको बताएका छन् । सुरजले एउटा हिरोइनमा हुने सम्पूर्ण गुण उनीमा रहेको प्रतिक्रिया समेत दिएका छन् ।
यसैगरी मेकअप निर्देशक श्याम बराल, प्रोडक्सन हेड एवं कलाकार उत्तम केसी देखि लिएर कोरियोग्राफर कविराज गहतराज एवं हेयरस्टाईलिष्ट शोभा श्रेष्ठ सम्मले संचिताको पुनरागमन निकै प्रशंनसनीय रहेको प्रतिक्रया दिएका छन् ।
४२ दिन सम्म छायााकन भएको यो थर्ड सिरिजमा अनुभव रेग्मी, प्रियंका कार्की, संयम पुरी, आश्मा डिसी, आर्यन सिग्देल सहित विशेष भूमिकामा निरज बराल, मुकेश ढकाल र गरिमा पन्तालाई पनि देख्न सकिन्छ । निर्माण कम्पनी वान टाईम सिनेमाका अनुसार प्रर्दशन हुन जेल सम्म फिल्मको बजेट ८० लाख पुग्ने छ ।

The new sequel will repeat the child artist Anubhav Regmi and will also feature Priyanka Karki, Suraj Singh Thakuri, Sanchita Luitel, Aryan Sigdel and other actors.  Samyam Puri is the son of well known director Narayan Puri.

प्रतिक्रिया