Bisal Chautari Logo

नम्रता श्रेष्ठ अब ८० वर्ष पहिले लेखिएको ‘यार्मा’ नाटकमा

- ६ मंसिर २०७१, शनिबार ०६:५६ मा प्रकाशित


namrata shrestha, now written 80 years ago ‘yerma’ drama on theater
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर ६ शनिबार । नेपाली चलचित्र क्षेत्रमा क्रमश हिट सिनेमा दिइरहेकी अभिनेत्री नम्रता श्रेष्ठ अब पर्दामा मात्र सीमित नरहि नाटकमापनि देखिने भएका छन् । त्यो पनि स्पेनी नाटककार फ्रेडेरिको गार्सियो लोर्काले ८० वर्ष पहिला लेखेको नाटकमा । उनले अभिनय गर्न लागेको तेस्रो नाटक यर्माबारे शुक्रबार राजधानीमा एक औपचारीक प्रेसमिट गरी जानकारी दिइयो । namrata shrestha, now written 80 years ago 'yerma' drama on theater
namrata shrestha, now written 80 years ago 'yerma' drama on theater (3)स्पेनी नाटककार फ्रेडेरिको गार्सियो लोर्काले लेखेको ८० वर्षपछि बिमल सुवेदीले नेपालमा नाटक मंचन गर्न लागेका हुन् । वान वल्र्ड थिएटरले गर्न लागेको नाटक नोभेम्बर २९ देखि डिसेम्बर २१ सम्म थिएटर भिलेजमा मंचन हुादैछ ।
राजकुमार पुडासैनी, कमलमणी नेपाल, सुम्निमा साम्पाङ, सिर्जना अधिकारीले पनि अभिनय गर्दैछन् । यर्माको नेपाली अर्थ बच्चा नजन्माउने बााझी आइमाइ भन्ने हुन्छ । स्पेनको भेडा गोठालो परिवारको कथा पेश गर्ने नाटकलाई वर्तमान नेपाली परिवेशसाग अनुग्रहण गरिएको छ । ‘नाटक हेर्दा स्पेनको शैली र परिवेश लाग्दैन । त्यहााको गृहयुद्ध र संस्कृतिलाई अहिलेको नेपाली समाजसाग संयोजन गर्ने प्रयास गरिएको छ’ निर्देशक सुवेदीले भने, ‘एउटी बााझी आइमाइ र उसको परिवारको संवेदनालाई देखाइनेछ ।’
वान वल्र्ड थिएटरकी अमेरिकी कला निर्देशक डेबोरा मेरोला नेपाली महिला, बालबालिका र संस्कृतिका द्धन्द्ध र तत्वसाग नाटक सादृश्य रहेको बताइन् । अभिनेत्री श्रेष्ठले फिल्मबाहेक नाटकबाट पनि धेरै कुरा सिकिरहेको बताइन् । ‘यो मेरो तेस्रो नाटक भएपनि सिक्ने प्रक्रिया जारी छ’ उनले भने ।
नाटकलाई कवितात्मक शैलीमा मंचन गरिने भएको छ । कमलमणीले गीत पनि गाउादै छन् । ‘स्पेन र नेपाललाई राजनीति र कुटनीतिले होइन, यार्माको गोठालोले मात्र जोड्न सक्छ’ गुरुकुल अभिनेताले भने, ‘फिल्मले मात्र चित्त बुझ्दो रहनेछ । नाटकमा मनको खोजी हुादो रहेछ ।’ बच्चा नचाहने पुरुषको चरित्रमा राजकुमार पुडासैनी छन् । ‘हाम्रो समाजप्रति थिएटरले गर्व गर्नुपर्ने पक्ष भनेको यस्तै मुद्दाको उठानमा हो’ नम्रताको रेष्टुराा बुइागलमा आयोजित प्रेसमिटमा उनले भने ।

[gss ids=”6530,6532,6531″]

namrata shrestha, now written 80 years ago ‘yerma’ drama on theater

Director : bimal subedi

Raj Kumar Pudasaini, kamalmani nepal, sumnima sampang and srijana adhikari

प्रतिक्रिया