Bisal Chautari Logo

स्व. आलोकको अन्तिम भिडियोसंगै भीमको आगमन (भिडियो सहित)

- ५ मंसिर २०७१, शुक्रबार १८:२२ मा प्रकाशित


Bhim Limbu song Maya Mero Alok Nembang Last Directed Music Video
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर ५ शुक्रबार ।  एक दशक नेपाली संगीतमा बिताइसकेका गायक भीम लिम्बुले आफ्नो साङगीतक करियरको पहिलो एल्बम‘मिम्जिमा’ नामक एल्बम सार्वजनिक गरेका छन् । उनको एल्बमसंगै स्वर्गीय निर्देशक आलोक नेम्बाङले निर्देशन गरेको अन्तिम म्युजिक भिडियोपनि गायक लिम्बुले विमोचन गराएका छन् ।Bhim Limbu song Maya Mero Alok Nembang Last Directed Music Video (1)
उनको एल्बम बिहीबार चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, पत्रकार सुवाश ढकाल, कवि उषा शेरचन, धनबहादुर गोपाली र उत्तमसिंह थाङदेन लगायतले संयुक्त रुपमा विमोचन गरे । Bhim Limbu song Maya Mero Alok Nembang Last Directed Music Video (2)
स्वर्गीय निर्देशक आलोकले निर्देशन गरेको गायक भीम लिम्बुको डेब्यु एल्बम ‘मिम्जिमा’मा रहेको ‘माया मेरो’ बोलको गीति भिडियो नै आलोकले निर्देशन गरेको अन्तिम म्युजिक भिडियो हो । भिडियोमा वर्षा राउत, वर्षा शिवाकोटी र कोशिस क्षेत्रीले फिचरिङ गरेका छन् । गीतमा कोशिस क्षेत्रीको संगीत र किरण घिमिरे ‘माइकल’को शब्द रहेको छ । प्रकाश तुलाधरको सम्पादन रहेको भिडियोका छायाकार हरि हुमागाई हुन् ।
भाइब्स् क्रिक्रियसनले बजारमा ल्याएको ‘मिम्जिमा’ एल्बममा आठ गीत समावेश छन् । विमोचन समारोहमा बोल्दै लिम्बुले भने–‘कलाकारले एल्बमको संख्यामा जोड दिनुभन्दा राम्रो गीत गाउनुपर्छ भन्ने मान्यताले संगीत अध्ययनलाई निरन्तरता दिए । सुरुवाती दिनभन्दा अहिले स्वरमा परिपक्वता आएकोले एल्बम रिलिज गरेको हु’, गायक लिम्बुले प्रश्ट्याए । विभिन्न कलेक्सन एल्बमहरुमा स्वर दिइसकेका उनले संगीत सिकेरमात्र संगीतमा लाग्न अनुरोध गरे । ‘संगीत सिकेर आउदा राम्रो हुन्छ । कलाकार हुनलाई कलाबारे जानकारी हुनुपर्छ । संगीतकार कोसिस क्षेत्री, हरि लम्साल, जबिक, कल्याण सिंह, ताराप्रकाश लिम्बु, किरण घिमिरे र शशि गुरुङले एल्बममा संगीत दिएका छन् । त्यस्तै एल्बममा सञ्जीव थापा, कृष्णहरि बराल र सुदर्शनविक्रम राणालगायतका शब्द सुन्न पाइन्छ ।

त्यस्तै एल्बम विमोचन समारोहमा युगल पोमोले निर्देशन गरेको अर्को म्युजिक भिडियोपनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपाली साङगीतक क्षेत्रका हस्तिहरुकोपनि उपस्थित रहेको थियो । चर्चित गायकद्धय सत्यराज र स्वरुपराज आचार्यपनि उपस्थित रहेका थिए ।


Bhim Limbu song Maya Mero Alok Nembang Last Directed Music Video
New Nepali Song 2014 “Maya Mero” by Bhim Limbu featuring Barsha Shiwakoti and Barsha Raut
“LAST MUSIC VIDEO DIRECTION OF ALOK NEMBANG”
Album: Mimzima
Lyrics: Kiran Ghimire ‘Michael’
Music: Koshish Chhetri
Arranger: Kiran Kandel
Audio: Vibes Creation
Video: a bap Presentation
Models: Barsha Raut, Barsha Shiwakoti and Koshish Chhetri
Camera: Hari Humagain
Editor: Prakash Tuladhar
Direction: Alok Nembang

प्रतिक्रिया