Bisal Chautari Logo

सुदर्शन र पुजाको बिहेमा बिदाइ गर्दा बिजय लामाले किन झारे आसु ? (भिडियो सहित)

- ३ मंसिर २०७१, बुधबार १४:०६ मा प्रकाशित


Nepali Movie AJHAI PANI Song Chamak Chamak Ratyauli
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर ३ बुधबार । अहिलेका चर्चित निर्देशक तथा अभिनेता सुर्दशन थापा र अभिनेत्री पुजा शर्माको बिहेमा बिदाईको समयमा अर्का अभिनेता बिजय लामाले आसु झारेका छन् ।Nepali Movie AJHAI PANI Song Chamak Chamak Ratyulia Sudarshan Thapa and puja sharma
प्रसंग हो, स्व. निर्देशक आलोक नेम्वाङको निर्देशनमा बनेको अन्तिम चलचित्र ‘अझै पनि’को नया गीतको । यो गीत केही दिन अगाडी सार्वजनिक भएको छ । सार्वजनिक गीत बिशेष गरी नेपालीहरुले बिवाहको मौसममा गाएर रमाईलो नृत्य प्रस्तुत गर्ने गीत ‘रत्यौली’ भाकामा तयार गरिएको छ । चलचित्रका कलाकार सुदर्शन थापा र पुजा शर्माको बिहेमा ‘चमक चमक’ बोलको गीतमा चलचित्रकी अन्य कलाकार सुरक्षा पन्त, प्रमिला खनाल, मिथिला शर्मा लगाएतको आर्कषक नृत्य हेर्न सकिन्छ । राजन राज शिवाकोटीको शब्द, संगीत तथा मनिषा पोखरेल र रिता बुढाथोकीको स्वर रहेको यो गीतका कोरियोग्राफर स्व. नेम्वाङ् नै हुन् ।
चलचित्र अझै पनि फागुन १५ मा रिलिजको तयारीमा रहेको छ । सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेण्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेको चलचित्रमा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, प्रमिला खनाल, विपना धिमाल, विशाल ढुंगाना लगायतका कलाकारले अभिनय गरेका छन् । नेपाली चलचित्रको पर्दामा मौलिकता र प्रेम पस्कन सिपालु निर्देशक नेम्वाङले ‘अझै पनि’लाई गाउँले परिवेशमा चित्रण गरेका छन् ।

Nepali Movie AJHAI PANI Song Chamak Chamak Ratyulia
Song Title:Chamak Chamak Ratyauli Song
Director:Alok Nembang
Producer:Poonam Gautam/Sudarshan Thapa
DOP:Rajesh Shrestha
Edit:Pritam Pandey
Srcipt:Ram Saran Pathak
Music Director:Rajan Raj Siwakoti
Lyrics:Rajan Raj Siwakoti
Action:Asta Maharjan
Costume Designer: Poonam Gautam
Production Controller: Nabin Puri
Colorist: Ananta Ghimire
Background Music: Shailendra Pradhan “Babu”
Poster Designer:Anil Sthapit
Singer:Manisha Pokhrel,Rita Budhathoki
Post Production& Camera Equipment: Cine Zone Studio
Highlights Nepal Pvt. Ltd.

प्रतिक्रिया