Bisal Chautari Logo

खोटाङ छोरम्बु खुल्ला दिशामुक्त क्षेत्र घोषणा

- ३ मंसिर २०७१, बुधबार १२:५१ मा प्रकाशित


KHOTANG chorambu declared open defecation free zoneskhotang news hospital
विशाल चौतारी समाचार
खोटाङ, २०७१, मंसिर ३ बुधबार । छोरम्बु गाबिसलाई खोटाङको नवौं खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । गाबिसका सबै ४६५ घरमा पक्की शौचालय निर्माण र प्रयोग सुरु भएपछि छोरम्बुलाई बुधबार खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । बिश्व शौचालय दिवसको अवशरमा प्रमुख जिल्ला अधिकारी एबं खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सल्लाहकार गोबिन्द सापकोटाले छोरम्बुलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नुभएको हो । खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयको सहयोग तथा स्थानीयबासीको क्रियासिलतामा गाबिसमा वाटरशिल चर्पी निर्माण अभियान सफल भएको खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सदस्य सचिव एबं खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयका प्रमुख देबेन्द्र झाले जानकारी दिनुभयो ।
राजनैतिक दल, सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, बुद्धिजिबी, स्थानीयको उपस्थितिमा गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । यसअघि जिल्लाका नुनथला, जालपा, बाकाचोल, दिप्सुङ, खिदिमा, नेर्पा, लफ्याङ र हौंचुर गाबिस खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेका छन् । खोटाङलाई आगामी चैत्र मसान्तसम्ममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको छ । ७२ गाबिस र एक नगरपालिका रहेको जिल्लामा ४२ हजार ६४७ घरधुरीमध्ये अझै १५ हजार ६३० घरधुरीमा चर्पी निर्माण गर्न बााकी रहेको खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयले जनाएको छ ।
जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नका लागि ‘सबै किसिमका पहल कदमी चाल्न’ मंसिर–१ गते सार्वजनिक अपिल समेत गरिएको छ ।

प्रतिक्रिया