Bisal Chautari Logo

हलिउड सिनेमा ‘सोल्ड’ को काठमाडौमा भब्य रेडकार्पेट प्रिमियरमा नेतादेखी अभिनेता, अभिनेत्री सम्म (फोटो फिचर)

- ३ मंसिर २०७१, बुधबार ०६:१९ मा प्रकाशित


Hollywood cinema ‘sold’ the Kathmandu, a huge redakarpeta Premier Leader actor, actress until (Photo Feature)
विशाल चौतारी समाचार \ तस्विर : विशाल राई
काठमाडौ, २०७१, मंसिर ३ बुधबार । पहिलोपटक हलिउड सिनेमा ‘सोल्ड’को रेडकार्पेट प्रिमियर नेपालमा भएको छ । अस्कर विजेता निर्देशक जेफ्री डी ब्राउन निर्देशित सिनेमा सोल्डको मंगलबार बेलुका कुमारी हलमा भव्य प्रिमियर गरिएको छ ।Hollywood cinema 'sold' the Kathmandu, a huge redakarpeta Premier Leader actor, actress until (Photo Feature) (14)
प्रिमियर समारोहलाई सम्बोधन गर्दै संचारमन्त्री मीनेन्द्र रिजालले सरकार मानव वेचविखनलाई लिएर शुन्य सहनशिल भएको बताए । उनले हलिउडबाट नेपालको मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने प्रयत्नप्रति निर्देशक ब्राउनलाई धन्यवाद दिए ।
त्यस्तै युनिसेफकी क्षेत्रीय निर्देशक चाादनी जोशीले मानव वेचविखनविरुद्ध एकजुट हुन सबैलाई आह्वान गरिन् ।
महानायक राजेश हमाल पत्नी मधुलाई लिएर सिनेमा हेर्न पुगे । अमेरिकी राजदूत पिटर डब्लु बोडीसहितका कुटनीतिज्ञले पनि सिनेमा हेरे । सामाजिक संस्था चाइल्डरिच नेपालले प्रिमियर व्यवस्थापन गरेको थियो । विश्व रिलिजपूर्व सिनेमालाई नेपाल प्रिमियर गरिएको हो । कास्कीको हेम्जादेखि भारतको कोलकातासम्म छायांकन गरिएको चलचित्रमा अस्कर विजेता अभिनेत्री एमा थोम्पसनको पनि सह–लगानी छ ।Hollywood cinema 'sold' the Kathmandu, a huge redakarpeta Premier Leader actor, actress until (Photo Feature) (15)
Hollywood cinema 'sold' the Kathmandu, a huge redakarpeta Premier Leader actor, actress until (Photo Feature) (6)पैसाको लोभमा भारतमा विक्री हुने नेपाली बालिकाको संघर्षको कथा सिनेमाले पेश गर्छ । सो अवसरमा ‘टट नट् ट्राफिक्ड’को पनि सुभारम्भ गरियो । सिनेमामा १५ वर्षिया नियर सैकिया मुख्य पात्रको रुपमा रहेका छन् । उनको अभिनयलाई सबैले तारिफ गरेका थिए । त्यस्तै बलिउडका हस्ती अभिनेत्रीद्धय सुस्मिता मुखर्जी, सीमा विश्वास सहितका कलाकार रेडकार्पेटमा उपस्थित रहेका थिए । नेपालका तर्फबाट हास्यब्याङग्य अभिनेतादय हरिवंह आचार्य र मदन कृष्ण श्रेष्ठलेपनि अभिनय गरेका छन् ।
त्यस्तै रेडकार्पेटमा अभिनेता राजेश हमाल आफ्नी श्रीमतीका साथमा उपस्थित रहेका थिए । अभिनेताद्धय अनुप विक्रम शाही, अभिनेत्री निशा अधिकारी, निर्देशक सुरज सुब्बा नाल्बो, सुवर्ण थापा लगायत उपस्थित रहेका थिए । उता पुर्व मिस नेपालहरुको रेड कार्पेटमा लर्को नै लागेको थियो । पुर्व मिस नेपाल माल्भिका सुब्बा कार्यक्रम होस्टको रुपमा उपस्थित रहेकी थिइन् । त्यस्तै पुर्व मिस नेपालहरु सदिक्षा श्रेष्ठ, सृष्टी श्रेष्ठ र इशानी श्रेष्ठपनि रेडकार्पेटमा देखिएका थिए । उता बैकर अनिल शाह उही पुरानै नेपाली भेषमा रेडकार्पेटमा उत्रिएका थिए ।

Starring: Niyar Saikia, Gillian Anderson, David Arquette, Seema Biswas, Parambrata Chatterjee, Priyanka Bose, Sushmita Mukherjee, Tillotama Shome, Ankur Vikal, Neerja Naik, Gopi Desai, Seirah Royin, Himanshu Tyagi, Ratnabali Bhattacharjee, Tanaji Dasgupta, Saksham Dayma
Genre: Drama
Directed By: Jeffrey D. Brown

[gss ids=”6457,6445,6443,6444,6442,6441,6440,6446,6454,6447,6448,6451,6450,6449,6458,6452,6453,6455,6456″]

प्रतिक्रिया