Bisal Chautari Logo

खोटाङ जिल्ला अस्पतालको बिद्युत समस्या हल गर्न सौर्यशक्ती माग गर्ने तयारी

- २ मंसिर २०७१, मंगलवार १७:५६ मा प्रकाशित


khotang news hospital
विशाल चौतारी समाचार
खोटाङ २०७१, मंसिर २ मंगलबार । जिल्ला अस्पताल खोटाङको बिद्युत अभाव हल गर्नका लागि बैकल्पिक उर्जा प्रबर्धन केन्द्र खुमलटार ललितपुर समक्ष सौर्यशक्ती माग गर्ने तयारी गरिएको छ । जिल्ला अस्पतालले आईतबार बोलाएको सर्वदलीय सर्वपक्षीय बैठकले अस्पतालको बिद्युत समस्या दिर्घकालिनरुपमा समाधान गर्न बैकल्पिक उर्जा प्रबर्धन केन्द्रलाई सौर्य शक्तीका लागि गुहार्ने निर्णय गरेको हो ।khotang news hospital

भोल्टेज नपुग्दा अस्पतालको एक्स–रे, भिडियो एक्स–रे, अक्सिजन कन्सन्टेटर लगायतका सेवा प्रभाबित हुादैआएकाले स्थायीरुपमा सो समस्या समाधानका लागि बैकल्पिक उर्जा प्रबर्धन केन्द्र समक्ष ५ केभिए क्षमताको सौर्य शक्ती माग गर्ने तयारी गरिएको जिल्ला अस्पतालका डा. माधवप्रसाद लम्सालले बताए । अस्पतालमा ५ केभिए क्षमताको सौर्य शक्ती जडान गर्न सके एक्स–रे, भिडियो एक्स–रे, यूएसजी, इसिडि लगायतका उपकरण जुनसुकै बेला निर्बाधरुपमा सञ्चालन गर्न सकिने डा. लम्सालको भनाई छ ।
बैकल्पिक उर्जा प्रबर्धन केन्द्रले भने अनुशार सर्वदलीय बैठकको निर्णयसहित सौर्य शक्ती माग गर्ने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । ‘अस्पतालमा बिस्तार गरिएको बिद्युतको भोल्टेजले हालसम्म उपकरणलाई धान्न सकिरहेको छैन,’ कार्यालयका नासु मणीराम ढकालले भने, ‘भोल्टेजको समस्या हल गर्नका लागि बैकल्पिक तरिका अपनाउने प्रयास गरिएको हो ।’ अस्पतालकातर्फबाट २५ प्रतिशत बेहोर्ने शर्तमा सौर्यशक्ती जडानका लागि बैकल्पिक उर्जा प्रबर्धन केन्द्र सकरात्मक बनेको ढकालले बताए ।
सर्वदलीय सर्वपक्षीय बैठकले अस्पतालको भौतिक पुर्वाधार निर्माणका लागि खोटाङको दुबेकोल घर भएका समाजसेबी एबं व्यवसायी मीनबहादुर गुरुङलाई पनि सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई जिल्लाबासीको नाताले सहयोगका लागि आग्रह गर्ने तयारी गरिएको नासु ढकालले जानकारी दिए ।
विद्युतको भोल्टेज नपुग्दा तीन वर्षदेखि अस्पतालमा सञ्चालित एक्स–रे, भिडियो एक्स–रे, अक्सिजन कन्सन्टेटर लगायतका सेवा प्रभाबित हुादैआएको छ । दिनभर विद्युतको भोल्टेज नपुग्ने भएकाले हाल अस्पतालमा रातका समयमा एक्स–रे वा भिडियो एक्स–रे गर्नुपर्ने बाध्यता रहेको डा. लम्सालले बताए । २०४४ सालमा स्थापना भएको १५ शैयाको अस्पतालमा दैनिक १५ देखि २० जना एक्स–रे गर्ने बिरामी आउने गरेका छन् । दिनभर उपकरण चलाउन नसक्ने भोल्टेजले रातका समयमा मात्र उपकरण धान्ने गरेको छ । लोडसेढिङ नभएको समयमा पनि अस्पतालमा जोडिएको विद्युतले दिनमा एक्स–रेका सामान नचल्ने कार्यालयले जनाएको छ । एउटै ट्रान्सफरमरबाट अस्पतालसहित धेरै गाउामा विद्युत बिस्तार गरिएकाले भोल्टेज नपुगेको बताइएको छ । अस्पतालका लागि छुट्टै ट्रान्सफरमर जडान गरे भोल्टेजको समस्या हल हुने नासु ढकालले बताए ।

प्रतिक्रिया