
बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ कार्तिक २८ शुक्रवार। आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’टिमले २ वटा पोस्टर सार्वजनिक गरेको छ। बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने गरिको दुई वटा पोस्टर सार्वजनिक गरेको हो।
‘बा आमाले पसिनाले घर बनाउनु भयो,हामीले रहर र बाध्यता ‘पासपोर्ट’बनाउनु पर्यो’भन्नै स्लोगन राखिएको छ। यस शब्दले पनि आमा बुबाप्रति छोराछोरीबीचको कथालाई प्रस्तुत गर्नेछ भन्ने बुझ्न सकिन्छ। एउटा पोस्टरमा विपना थापा,प्रदीप रावत,पल शाह,सिमरन पन्त खुशी देखिएका छन्। सोही ठाउमा साइग्रेस पोखरेल पनि खुशीमुन्द्रामा देखिन्छन्। त्यसपछि अर्को पोस्टरमा भने सबै भावुक छन्। श्रीमान श्रीमतीको भुमिकामा रहेको विपना र प्रदीप अगालोमा बेरिएर रोइरहेको देख्न सकिन्छ भने छोराको भुमिकामा रहेका पल शाहको रगताम्य छन्।

ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको निर्माण भएको यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। निर्देशक पन्तकै लेखन, पटकथामा निर्माण भएको यो फिल्ममा आर्या पन्तको प्रस्तुति रहेको छ।
फिल्ममा विपना थापा,प्रदीप रावत,पल शाह,साईग्रेस पोखरेल,सिम्रन पन्त,उषा उप्रेती, विशाल पहाडी,रवीन्द्र झा,गजित बिष्ट,हेमराज अधिकारी (खनत्या खलास),दिलिप उखेडा,रचना गौतम लगायत रहेका छन्। फिल्म ‘आ बाट आमा’मा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाली रहेका छन्। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन्। फिल्मको संगीतमा कोशिस क्षेत्री,बाबुल गिरी,थानेश्वर गौतम,रहेका छन्।
यो फिल्मको विदेश प्रदर्शन अधिकार केहि देशमा बिक्री समेत भइसकेको छ। एक दुई साताअघि नै यो फिल्मलाई हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ।
आरआर फिल्मस्ले वितरणको जिम्मा लिएको यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलको छ।
प्रतिक्रिया