Bisal Chautari Logo

अभिनेत्री केकी अधिकारीलाई ऋण चुक्ता गर्न सिभिल बैकको ३५ दिने सुचना

- २ मंसिर २०७१, मंगलवार ०७:१० मा प्रकाशित


Actress Keki Adhikari, a 35-day notice to pay civil Bank
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर २ मंगलबार । नेपाली सेलिब्रेटीहरुको नाम ऋण चुक्ता गर्ने मामिलामा सधै बदनाम हुने गरेको छ । केही समय अगाडी एक चर्चित गायकको घर लिलामीको सूचना बैकले प्रकाशित गरेको थियो । Actress Keki Adhikari, a 35-day notice to pay civil Bank
यस्तै क्रममा नेपाली चलचित्र क्षेत्रकी पछिल्लो समयका ब्यास्त अभिनेत्री केकी अधिकारी, उनका बाबा निर्देशक बद्री अधिकारी र आमा लक्ष्मी अधिकारीको नाममा ऋण चुक्ता गर्ने ३५ दिने सूचनामा सिभिल बैंकले प्रकाशित गरेको छ ।
केकीका बाबु र आमाले घर कर्जा शिर्षकमा लिएको कर्जा समयमैं चुक्ता नगरेको हुदा सिभिल बैंकको ताकेता विभागले उक्त सूचना मंसिर २ को नागरिक पत्रिकामा प्रकाशित गरेको हो । केकीकी आमा लक्ष्मी अधिकारीको नाममा रहेको काठमाडौं जिल्ला जोरपाटी गाविस वडा नं. ६ सिट नं. १०२–१०३० कित्ता नं. १९३ को २२२.५३ वर्ग मिटर क्षेत्रफल रहेका जग्गा र सो जग्गामा बनेको घर धितो राखी कर्जा लिएको उल्लेख छ, जसमा केकी अधिकारी जमानीकर्ता छिन् ।
सिभिल बैंकले ३५ दिने सूचनाको व्यहोरामा घर कर्जा मार्फत लिएको रकम तिर्न पटकपटक मौखिक तथा लिखित ताकेता गर्दा समेत वेवास्ता गरेकोले ३५ दिने सूचना सार्वजनिक गरिएको उल्लेख गरिएको छ । बैंकले समयमा नै कर्जा चुक्ता नगरे बैंकिङ कसुर अनुसार ऋणी एवं व्यक्तिगत जमानीकर्तालाई समेत कालो सूचीमा राखिने व्यहोराको सूचना प्रकाशित गरेको हो ।Actress Keki Adhikari, a 35-day notice to pay civil Bank-1

प्रतिक्रिया