Bisal Chautari Logo

स्व. आलोकको श्रद्धाञ्जली सभामा बोल्दै भिनाजु बिजयले भने – ‘मिडियाले आत्महत्या नलेखीदिनुहोला’

- १ मंसिर २०७१, सोमबार १६:०६ मा प्रकाशित


alok nembang tribute
विशाल राई
काठमाडौ, २०७१, मंसिर १ सोमबार । नेपाली संगीत र चलचित्र क्षेत्रमा चलेका निर्देशकहरुको लिइने नाम मध्ये स्वर्गिय निर्देशक आलोक नेम्बाङको नामपनि अगाडी आउथ्यो र आइरहेन छ । सोही निर्देशक अहिले हामी माझ छैनन् । उनको प्राथी शरिर ११ दिन अगाडीदेखी नै हामी माझ छैन । निर्देशक आलोकको निधन भएको ११ दिनपछी श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । यसको आयोजना नेपाल चलचित्र प्राविधिक संघले गरेको छ । alok nembang tribute (1)
आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रमलाई सम्वोधन गर्दै निर्देशक आलोकको भिनजु तथा अभिनेता बिजय लामाले मिडियामा आएको समाचार प्रति असन्तुष्टि जनाउदै उनको निधनका बारेमा कुनैपनि रिपोर्ट नआइसकेकाले आत्महत्या नभनिदिन र नलेखिदिन आग्रह गरे । भिनाजु लामाले भने–‘मपनि मिडियामा काम गर्छु, अनी समाचारहरु लेख्छु । तर कुनैपनि तथ्यबिना लेख्न गलत हो । हामीहरु यतिबेला निक्कै शोकमा रहेको कारण पुष्टी नै नभएको कुरा मिडियामा आउदा झनै चोट पुगेको छ ।’ प्रहरी र पोष्टमार्टमको रिपोर्ट दुबै आएपछि सार्वजनिक गर्ने भिनाजु बिजय लामाले बताए ।
उता श्रद्धाञ्जली सभाका आयोजक चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले स्व. आलोकले आफूहरुका लागि सहयोग गरेर गएको धारणा ब्याक्त गरे । भने‘–सोल्टी होटलमा हामीले अवार्ड गर्ने तयारी गर्दै आलोक जीले एक वचनमै हामीलाई सहयोग गर्न राजी हुनुभएको थियो ।’ त्यस्तै अभिनेत्री नम्रता श्रेष्ठले आफूलाई आलोक दाईले चलचित्र क्षेत्रमा लाग्न सधै प्रेरणा दिने गरेको बताइन् । बोल्दाबोल्दै निकै भावुक बनेकी नम्रताले स्वगिर्य निर्देशक आलोक नेम्वाङलाई जहा रहेपनि खुशी रहनु भनेकी थिइन् । नम्रताले भनिन्‘ –आज म जहा छु, उहाकै कारणले छु ।’ आलोकले निर्देशन गरेको अन्तिम चलचित्र अझै पनि कि निर्मात्री पूनम गौतमले स्व. आलोक नेम्बाङसाग काम गर्न सहज भएको बताउदै भनिन्, उहाको अन्तिम कोशेलीलाई हाम्ले उहाकै चाहना अनुसार दर्शकसम्म पुर्याउनेछौ ।
श्रद्धाञ्जली कार्यक्रममा एफडीका प्रमुख प्रदिपकुमार उदयले स्व. निर्देशक आलोक सबैको प्रिय रहेको बताए । उता नेपाल चलचित्र निर्देशक समाजका उपाअध्यक्ष सुमन दाहाललेपनि बोलेका थिए ।

[gss ids=”6406,6408,6405,6407,6404″]

प्रतिक्रिया